×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल आयल निगमको घुम्ती सेवा : दुई दिनमा २६० सिलिण्डर बिक्री

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

नेपाल आयल निगमको घुम्ती सेवा : दुई दिनमा २६० सिलिण्डर बिक्री

Artha Sarokar

२० चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल आयल निगमले अत्यावश्यक र साधारण उपभोक्तालाई ध्यानमा राखी टेकु कार्यालय र घुम्ती सेवामार्फत ग्यास बिक्री गर्दैआएको छ । मंगलबार र बुधबार दुई दिनमा घुम्ती सेवा र टेकु कार्यालयबाट निगमका विभिन्न कम्पनीका २६० सिलिण्डर वितरण गरेको छ ।
लकडाउन अवधिभरका लागि निगमले साधारण उपभोक्तालाई १२ वर्गमा विभाजन गरेर उपभोक्ताको आवश्यकतानुसार विभिन्न ग्यास कम्पनीका सिलिण्डर वितरण गर्दै आएको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मंगलबार ८७ सिलिन्डर ग्यास बिक्री गरिएको थियो जसमा नेपाल ग्यास ४१, एसटिसी २०, सुगम–एभरेष्ट ग्यास १०, श्री–बाबा ६ र सगर ग्यास १० सिलिन्डर छन् । 
त्यस्तै बुधबार सात कम्पनीका १७३ सिलिण्डर बिक्री गरिएको छ । तिनमा नेपाल ग्यास ७७, एसटिसी २८, श्री १५, एभरेष्ट २३, सगर १४, बाबा १२ र शिवम् कम्पनीका चार सिलिण्डर बिक्री गरियो । उपाध्यायका अनुसार उपभोक्ताको मागनुसार घुम्ती सेवामार्फत र अत्याश्यक हुनेलाई निगमको टेकु कार्यालयबाट ग्यास बिक्री गरिएको छ । 
निगमले घुम्ती सेवा र टेकु कार्यालयबाट बेच्नका लागि विभिन्न कम्पनीका ३६० सिलिन्डर ग्यास तयार पारेको थियो । सोअनुसार निगमसँग नेपाल ग्यास ८० तथा सुगम–एभरेष्ट, एसटिसी, बाबा–श्री र सगर ग्यास ७०–७० थिए ।निगमले बढ्न सक्ने सम्भावित माग ध्यानमा राखी नेपाल ग्यास थप ८० एवं एसटिसी, लुम्बिनी र सिद्धार्थ ७०–७० तथा मनोज, एचपी र गृहलक्ष्मीका ३५–३५ सिलिण्डर ग्यास मगाएर मौज्दातसमेत राखेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी