
काठमाडौं । अष्ट्रेलियन सरकारले नेपालमा रहेका आफ्ना नागरिककालाई बुधबार (आज) नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत फिर्ता लैजाने भएको छ । २६४ नागरिकलाई निगमको नाइन-एन-एएलजेडु कलसाइनको जहाजमार्फत बुधबार साँझ ५ : ३० बजे अष्ट्रेलिया लगिने भएको हो ।
अस्ट्रेलियन दूतावास र नेपाल सरकारको समन्वयमा गरिन लागेको चार्टर उडानका लागि सात मुलुकबाट ओभरफ्लाइका लागि अनुमति लिइसकेको निगमका डाइरेक्टर फ्लाइट अपरेशन दिपु जुवारचनले जानकारी दिए । ‘चार्टर उडानका लागि हामीले भारत, म्यानमार, बंगलादेश, थाइल्याण्ड, मलेसिया, इण्डोनेशिया र सिंगापुर लगायत मुलुकसँग फ्लाइओभरको अनुमति पाइसकेका छौँ,स उनले भने, ुस्वास्थ्य र सुरक्षा लक्षित सबै तयारी भइसकेको छ। यो उडानका लागि चालकदलमा ६ जना छन् ।’
करिब १४ घण्टा समयावधि रहने यो उडान मलेसियाको क्वलालाम्पुरमा इन्धन भर्न रोकिनेछ, त्यसपछि जहाज अष्ट्रेलियातर्फ उड्नेछ। लकडाउनपछि निगमको वाइडबडीमार्फत चीनबाट मेडिकल किट्स ल्याउने काम भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्