×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाले निम्त्याएको संकटमा नेपाल बैंकको साथ : सातै प्रदेशलाई ५- लाख रुपैयाँका दरले सहयोग !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोनाले निम्त्याएको संकटमा नेपाल बैंकको साथ : सातै प्रदेशलाई ५- लाख रुपैयाँका दरले सहयोग !

Artha Sarokar

१९ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल बैंक लिमिटेडले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशका राहत कोषलाई पाँच-पाँच लाख सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको घडीमा सरकार लाई साथ दिनुपर्ने भन्दै सो बैंकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो । बैंकले यसअघि देशमा कोरोना भाइरसको सम्भावित सङ्क्रमण, रोकथाम र नियन्त्रणका लागि सङ्घीय सरकारबाट भएको पहलकदमीलाई साथ दिन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सङ्घीय सरकारको राहत कोषमा  एक करोड सहयोग गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी