×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्य सामग्री लिन चीन गएका निगमका २ वाइडबडी काठमाडौँ आइपुगे…

LAXMI SUNRISE BANK

स्वास्थ्य सामग्री लिन चीन गएका निगमका २ वाइडबडी काठमाडौँ आइपुगे…

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का दुई वाइडबडी जहाज काठमाडौँ आइपुगेका छन् । निगमका वाइडबडी बिहिबार साँझ अत्यावश्यक स्वास्थ्य सामग्री लिन चीनको ग्वाङ्जाओ प्रस्थान गरेका थिए । 
दुवै जहाज केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ । चीनबाट बाट कति परिणाममा सामग्री आयो भन्ने यकिन भने छैन । केहिबेरपछि जहाजमा रहेका स्वास्थ्य सामग्री निकालिने विमानस्थलले जनाएको छ ।
चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले निगमका जहाज चार्टर्ड गरेका थिए । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी