×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुर्नबीमा कम्पनीको एक करोड ६० लाख कित्ता आइपिओ बुधबार बाँडफाँड हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल पुर्नबीमा कम्पनीको एक करोड ६० लाख कित्ता आइपिओ बुधबार बाँडफाँड हुने

Artha Sarokar

२५ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल पुर्नबीमा कम्पनीको एक करोड ६० लाख आईपीओ बुधबार बाँडफाँड हुने भएको छ । उक्त आईपीओको बाँडफाँड बुधबार बिहान साढे ७ बजे टेकुस्थित राष्ट्रिय वाणिज्य भवनमा हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलले बताएका छन् ।
कम्पनीले चैत ४ गतेदेखि एक अर्ब ६० करोड रुपैयाँ बराबर अर्थात एक करोड ६० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । जसमा निष्काशन गरिएको भन्दा बढी सेयरको माग भएकोले शुक्रबार अर्थात चैत ७ गते ५ बजेपछि आवेदन बन्द गरिएको थियो ।
मर्चेन्टका अनुसार उक्त आईपीओमा ५ अर्ब ५७ करोड ४७ लाख ३५ हजार रूपैयाँ बराबरको सेयर माग भएको थियो । उक्त रकम मागको ३.४८ गुणा बढी हो । सेयर माग गर्नेको संख्या ४ लाख ९ हजार ७२२ व्यक्ति तथा कम्पनी रहेका छन् । कम्पनीले जारी गरेको कूल सेयरमध्ये एक करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयर आम सर्वसाधारणमा बिक्रीमा राखिएको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी