
- अर्थ सरोकार सम्बाददाता
बनेपा – नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काभ्रेले कोरोना भाइरस (कोभिड १९) सँग लड्न बीस हजार रुपैँया सहयोग गरेको छ । महासंघ मानार्थ सदस्य सानू काजी थापा र सचीव तेज नेपालीको नेतृत्वमा गएको टोलीले बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठलाई नगद बीस हजार दस रुपैयाँ बिहिबार हस्तान्तरण गरेको संघले जनाएको छ ।
संघले बनेपा नगरपालिकालाई कोरोना भाइरस रोकथामका साथै विपन्न वर्ग र मजदुरलाई राहत प्रदान गर्न बीस हजार १० रुपैयाँ सहयोग गरेको हो । कोरोना भाइरसले महामारीको रुप लिइरहेका बेला नेपालमासमेत यसको रोकथामका लागि देशभर लकडाउन गरिएको छ । यस्तो अवस्थामा ज्यालादारी मजदुर गरिखाने वर्ग र विपन्नको जनजीवन तहस नहस भएको भन्दै उनीहरुको खानपिनको व्यवस्था मिलाउन उक्त रकम हस्तान्तरण गरेको नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काभ्रेले जनाएको छ ।
संघले सरकारले गरेको अपिललाई मध्येनजर गर्दै उक्त सहयोग गरेको संघका अध्यक्ष रघु कपालीले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्