×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चौथो त्रैमासको ब्याजमा सहुलियत दिने नेपाल राष्ट्र बैंकको घोषणा, हेर्नुहोस् यस्तो छ पूर्णपाठ

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

चौथो त्रैमासको ब्याजमा सहुलियत दिने नेपाल राष्ट्र बैंकको घोषणा, हेर्नुहोस् यस्तो छ पूर्णपाठ

Artha Sarokar

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बादाता 
काठमाडौं । नेपल राष्ट्र बैंकले असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत दिने घोषणा गरेको छ । राष्ट्र बैंकको ६५औं वार्षिक उत्सबको अवसरमा गभर्नर महाप्रसाद अधिकारीले लिखित मन्तव्य सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

गभर्नर अधिकारीले कोरोना भाइरस अर्थतन्त्रलाई जोगाउन आवश्यक निर्णय चाँडै लिइने पनि बताएका छन् ।उनको वक्तव्यको पूर्णपाठ गभर्नर कार्यालयले आइतबार सार्वजनिक गरेको हो । कोभिड-१९ बाट बढी प्रभावित क्षेत्रलाई चालु पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाउनुका साथै साना तथा मझौला उद्योग, पर्यटन र कोभिड-१९ को प्रभाव अत्यधिक परेको क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी प्रदान गरिने गभर्नर अधिकारीले बताएका छन् ।

साथै संकटको सामना नीतिगत उपायका माध्यमबाट गर्नुपर्ने यथार्थलाई ध्यानमा राख्दै विद्यमान परिस्थतिमा आर्थिक क्रियाकलाप विस्तारलाई प्रोत्साहित गर्न आगामी दिनमा देहायबमोजिमका व्यवस्था मिलाइने व्यहोरा जानकारी गराएका छन् । यस्तै कोरोनाले बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाइने पनि  वक्तव्यमा उल्लेख छ ।


हेनुहोस्, यस्तो छ पूर्णपाठ :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी