×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५ सय दरका १९ करोड थान नयाँ नोट छाप्दै नेपाल राष्ट्र बैंक !

LAXMI SUNRISE BANK

५ सय दरका १९ करोड थान नयाँ नोट छाप्दै नेपाल राष्ट्र बैंक !

२२ चैत्र २०७६, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल राष्ट्र बैंकले ५ सय रुपैयाँ दरका नयाँ नोट छाप्ने भएको छ । बैंकले उक्त दरका १९ करोड थान नयाँ नोट छाप्ने भएको छ । जसका लागि राष्ट्र बैंकले लागि राष्ट्र बैंकले सूचनासमेत जारी गरिसकेको छ ।
राष्ट्र बैंकले आउँदो दशैँलाई लक्ष्य गरेर नयाँ नोट छाप्ने प्रक्रिया सुरु गरेको जनाएको छ । पूर्ण सरकारी स्वामित्वका विश्वस्तरीय सुरक्षा प्रिन्टिङ प्रेसले मात्रै नोट छाप्ने बोलपत्र भर्न पाउनेछन् । यद्यपि नोट छाप्न नेपाली प्रिन्टिङ कम्पनीले बोलपत्र आवेदन दिन भने पाउने छैनन् । यसो त राष्ट्र बैंकले हरेक दुई वर्षमा संसारभरका सुरक्षा प्रिन्टिङ प्रेसमध्येबाट ‘प्री–क्वालिफाइड’ प्रेसको सूची तयार पार्ने गरेको छ ।
उक्त सूचीमा समावेश भएका कम्पनीले मात्रै नेपाली नोट छाप्ने प्रस्ताव दर्ता गराउन पाउँछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी