
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नक्कली एलसी खोलेर करोडौं रुपैयाँ भारत पुर्याउने नेपाल एसबिआइ बैंकका कर्मचारीमाथि मुद्धा दायर भएको छ । सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले ती कर्मचारीउपर मुद्धा दायर गरेको हो । १० बर्ष पूरानो मुद्धामा विभागले तत्कालिन पर्सा जिल्लाको रामपुरक शाखा प्रवन्धक विभा चौधरी र वीरगन्जका शाखा प्रमुख जीवनबाबु सुवेदी सहित ३ जनामाथि बैसाख २ गते मुद्दा दायर गरेको हो ।
५ जनाले मिलोमतोमा गैरकानूनी रुपमा २५ करोड ९४ लाख ८० हजार भारतीय रुपैयाँ भारत पुर्याएर सम्पत्ति शुद्धिकरण गरेको आरोपमा विशेष अदालतमा दर्ता भएको उक्त मुद्धामा ४१ करोड ५१ लाख रुपैयाँको बिगो कायम राखेर त्यसको दोब्बर ८३ करोड रुपैयाँ जरिवाना र कसुर अनुसार जेल सजाय माग राखिएको छ ।

नक्कली एलसी खोलेर भारतमा २५ करोड ९४ लाख ७ सय ९७ भारतीय रुपैयाँ ४१ करोड २ सय ७५ रुपैयाँ भारत पुर्याइएको अभियोग उनीहरुमाथि छ । विभागले बैशाख २ गते मुद्दा दायर गरेको हो । विभागले रेहान ट्रेडर्स नामक नक्कली कम्पनी दर्ता गरी भारत रकम पठाउने भारतीय नागरिक प्रमोदकुमार जयसवाल, नेपाली नागरिक पप्पु ठाकुर र श्रीलाल रौनियारविरुद्ध पनि मुद्दा दायर गरेको छ । १० वर्ष अगाडिको घटनामा एनआईसी बैंकका वीरगन्जका कर्मचारी समेत मुछिएका थिए । उनलाई पनि विभागीय कारवाही गर्न निर्देशन दिइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्