
काठमाडौं । सरकारले इन्टरनेट सेवामा २५ प्रतिशत छुट दिने निर्णय गरेसँगै नेपाल टेलिकमले आफ्ना सेवाहरुमा पनि छुट दिने भएको छ । जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुट दिने भएको हो । चैत २० देखि २६ गतेसम्म लागू हुनेगरी जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी करसहित क्रमशः ९० पैसा र ५१ पैसा हुने भएको छ । यसैगरी कम्पनीकै नेटवर्कभित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलब्ध भ्वाइस प्याक खरिद गर्दा सात दिन लागू हुनेगरी ५० प्रतिशत छुट दिने भएको छ ।
पहिलो प्याकेजमा एक दिनका लागि २५ रुपैयाँको ४० मिनेटको भ्वाइस प्याक खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ। यसैगरी १०० रूपैयाँमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ। यस्तै टेलिकमले चैत २० गतेदेखि सात दिनका लागि जीएसएम सेवाका डाटा प्याकमा बोनस प्याक समेत उपलब्ध गराउने भएको छ ।
एक सय रुपैयाँमा एक जीबी डाटा खरिद गर्दा तीन जीबी बोनस प्राप्त हुनेछ। उक्त बोनस कम्पनीको फोरजी नेटवर्कमा ग्राहकले पाँच दिनभित्र प्रयोग गर्नु पर्नेछ। यसैगरी दुई सय रुपैयामा दुई जीबी डाटा खरिद गर्दा आठ जीबी डाटा बोनसस्वरूप प्राप्त हुनेछ। प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा सात दिनभित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ।
यसरी एक सय रूपैयाँमा बोनससहित कुल चार जीबी र दुई सय रूपैयाँमा बोनससहित कुल १० जीबी डाटा प्राप्त हुनेछ। फागुन र चैत महिनाको महसुल ढिलाइवापत लाग्ने जरिवाना आगामी बैशाख मसान्तसम्मका लागि मिनाहा गर्ने निर्णय गरेको टेलिकमले जनाएको छ । साथै, पूर्ण लकडाउनको अवधिमा कम्पनीका एडीएसएल, एफटीटीएच र वाइ-म्याक्स सेवा निरन्तर उपलब्ध गराउने भएको छ । यी सेवाको महसुल भुक्तानी ढिलो भए पनि लकडाउन कायम रहुन्जेल सेवा नरोकिने भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्