×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सरकारले सुरु गरेको ‘अनलाइन फुड डेलिभरी’ वेबसाइटमा गम्भीर बदमासी ! होस्टिङ नै गैरकानुनी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्य वस्तु अनलाइन डेलिभरी गर्ने समाचार केही दिनदेखि सञ्चार माध्यममा आइरहेका छन् । तर हामीले गरेको अनुसन्धानले यो पोर्टल निकै नै असुरक्षित रहेको पाइएको छ । त्यतिमात्र होइन सरकारले नै बनाएको पोर्टलमा गम्भीर बदमासीसमेत पाइएको छ । सरकारले बुधबारदेखि nepalfood.gov.np वेबसाइटमा मार्फत अनलाइन फुड डेलिभरी गर्ने व्यवस्था गरेको थियो । तर सुरु गरिएको उक्त वेबसाइट नियम विपरित होस्ट गरिएको पाइएको छ । 
उक्त वेबसाइटमा डिजिटल ओसियन होस्टिङ सर्भरमा होस्ट गरिएको पाइएको छ । नेपालका सरकारी डोमेन तथा वेबसाइटहरु नेपालभित्रै होस्ट गर्नुपर्ने नीतिगत व्यवस्था छ । यो व्यवस्थाको धज्जी उडाएर सरकारले आफ्नै व्यवस्थाको उल्लंघन गरेको छ । वेबसाइटमा राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी) को नेम सर्भर प्रयोग भएपनि डेभलपर कम्पनीले वेबसाइट आफुले सेवा लिरहेको विदेशी निजी कम्पनीमा होस्टिङ गरिएको पाइएको छ । भारतमा सर्भर रहेको डिजिटल ओसियनमा वेबसाइट होस्ट गरिएको छ । केहि समयअघि स्मार्ट लाइसेन्सका डेटाहरु विदेशी कम्पनीसँग रहेको भन्दै चर्को आलोचना भएपछि सरकारले सरकारी डोमेनहरु नेपालभित्रै होस्ट गर्नुपर्ने नीतिगत व्यवस्था गरिएको थियो । 
काठमांडौको शंखमुलमा रहेको एबककि नाम गरेको कम्पनीले वेबसाइट डेभलपमेन्ट तथा होस्टिङ सेवा प्रदान गरेको देखिन्छ । उक्त वेबसाइटबाट उपभोत्ताले आवश्यक खाद्यय सामग्री अर्डर गर्नेसक्ने व्यवस्था गरेको छ तर वेकल २ वटा प्रडक्ट (चामल र सिमी) राखेर झारो टार्ने प्रयास गरिएको छ । काठमाण्डौं रिङरोडभि मात्र डेलिभरी हुने र कम्तीमा २ हजारको समान अर्डर गर्नुपर्ने प्रावधानले पनि यो सेवा समान्य जनता तथा उपभोत्ताको लागि प्रभावकारी नहुने देखिन्छ । 
यसो त वेबसाइटमा सेक्युरिटीका इस्युजहरु रहेको हुनसक्ने साइबर सुरक्षाका एक अधिकारीले बताए । भायानेट र फुडमान्डुजस्ता वेवसाइटहरुका डाटासमेत ह्याक भइरहेका बेला सरकारले गरेको यस्तो कामले जनताले सुविधा होइन सास्ती पाउँछन् भन्ने विज्ञहरुको चिन्ता छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: