×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महाकालीपारिका अलपत्र परेका नेपाली नागरिकको उद्धार सुरु, १४ दिन फेरि क्वारेन्टाइनमा राखिने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

महाकालीपारिका अलपत्र परेका नेपाली नागरिकको उद्धार सुरु, १४ दिन फेरि क्वारेन्टाइनमा राखिने

Artha Sarokar

१८ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अलपत्र परेका महाकालीपारिका नेपाली नागरिकको उद्धार सुरु भएको छ । बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच उच्चस्तरीय सहमतिपछि बिहीबार(आज) बिहानबाट उद्धार सुरु गरिएको हो । भारतका बिभिन्न क्षेत्रबाट मजदुरी गरी आएका नेपालीहरु एक महिना बढी समयदेखि सीमा क्षेत्रमा अलपत्र परेका थिए । क्वारेन्टाइन अवधि सकिए पनि उनीहरुको उद्धारमा ढिलाइ भएको भन्दै बुधबार दिउँसो बसेको सरोकारवालाको बैठकले बिहीबार(आज ) बिहानबाट उद्धार गर्ने निर्णय गरेको थियो ।
उद्धार गरेर स्वदेश फर्काउन लागिएका भारतीय क्वोन्टाइनमा बसेका नेपालीहरु हुन् । क्वारेन्टाइनमा नबसेकाहरुलाई पनि यसैपटक स्वदेश फर्काउन लागिएको छ । भारतीय भूमिबाट स्वेदेश फर्किने उनीहरु सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने छ । त्यसपछि आरडीटी गरिने बताइएको छ । छिटो उद्धार गर्न माग गर्दै जनप्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालयमा दबाव दिँदै आएका थिए ।
महाकालीपारि करिब २ हजार नेपाली उद्धारको पर्खाइमा छन् । दार्चुलापारि  मात्रै एक हजारभन्दा बढी नेपाली छन् । त्यतिकै संख्यामा बैतडीपारि पनि छन् । कञ्चनपुरको सीमापारि पनि दुई सय ५१ जना नेपाली अलपत्र परेका छन् । यताकैलालीको त्रिनगर सीमापारि पनि १२० जना नेपालीअलपत्र परेका छन् ।  क्वारेन्टाइन अवधी सकिएलगत्तै उनीहरुको उद्धारको पहल भएको थियो । तर, संघीय सरकारबाट निर्देशन नआउँदा उद्धारमा ढिलाइ भएको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी