- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यहाँ रहेको नेपाली दूतावासले थप २७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो । बहराइनमा कोरोना संक्रमितको संख्या ४९ पुुगेको छ ।
उनीहरु एउटै कम्पनीमा कार्यरत रहेको बताइएको छ। उनीहरुको अवस्था सामान्य रहेको पनि नेपाली दूतावासले जनाएको छ ।बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ ।