×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बहराइनमा थप ७७ जना नेपाली कोरोना संक्रमित फेला, संक्रमित नेपालीको संख्या १२६ पुग्यो

LAXMI SUNRISE BANK

बहराइनमा थप ७७ जना नेपाली कोरोना संक्रमित फेला, संक्रमित नेपालीको संख्या १२६ पुग्यो

१७ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बहराइनमा कोरोना संक्रमित संख्या बढ्दै गइरहेको छ । बहराइनमा थप ७७ जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बहराइन नेपाली दूतावासले २८ अप्रिल दिउँसो १२ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले बहराइनमा कोरोना संक्रमित नेपालीहरुको संख्या १२६ पुगेको छ ।
साथै, कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै दूतावासले कर्मचारीहरुको नाम र फोन नम्बर पनि सार्वजनिक गरेको छ । हाल बहराइनमा १ लाख २१ हजार २ सय ६० जनामा कोरोना संक्रमण भए/नभएको परीक्षण गरिएको थियो । हालसम्म बहराइनमा १ हजार ५ सय ५६ जना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणकै कारण ८ जनाको मृत्यु भएको छ । उपचारपछि निको भएर घर फर्किनेहरुको संख्या १ हजार २ सय ४६ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी