×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनबाट स्वास्थ्य सामग्री ल्याउन नेपाली सेनाले गर्यो २ अर्ब २५ करोड बढीको सम्झौता

PRIME CA

चीनबाट स्वास्थ्य सामग्री ल्याउन नेपाली सेनाले गर्यो २ अर्ब २५ करोड बढीको सम्झौता

९ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि  नेपाली सेनाले २ अर्ब २५ करोड बढीको सम्झौता गरेको छ । १ करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर अर्थात २ अर्ब २५ करोड बढीको सम्झौता भएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । चीनबाट पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) एन ९५ मास्क लगायतका स्वास्थ्य सामग्री ३ सय ४० टन ल्याइनेछ भने सामाग्री हवाई र स्थलमार्गबाट ल्याइनेछ ।
ओम्नी ग्रुपसँग भएको सम्झौता विवादमा आएपछि सरकारले उक्त सम्झौता रद्द गरी १६ चैतमा स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो । सेनाले चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई स्वास्थ्य उपकरण र औषधि विक्रीका लागि प्रस्ताव राखेको थियो । तर चीनबाट स्वास्थ्य सामाग्री र भारतबाट औषधि ल्याइने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: