Skip to content
LAXMI SUNRISE BANK

सेयर कारोबार बैशाख १५ गतेसम्म बन्द !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सरकारले बैशाख १५ गतेसम्म देश लकडाउनको घोषणा गरेसँगै सेयर कारोबार पनि सोही समयसम्मका लागि बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक सुचना जारी गर्दै आगामी बैशाख १५ गतेसम्मको लागि सेयर कारोबार बन्द गर्ने जनाएको हो । 
यस्तै नेप्सेले धितोपत्र सुचीकरण तथा कारोवार नियमावली २०७५ को नियम २१ को उपनियम १ बमोजिम नेपाल सरकारबाट संक्रामक रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवधि यही चैत १८ गते देखि यही चैत २५ गतेसम्मको लागि सेयर कारोवार बन्द गरेको थियो ।  तर नेपाल सरकार मन्त्रिपरिषदको यही चैत २४ गते बसेको बैठकले लकडाउनको अवधि चैत २६ गतेदेखि बैशाख तीन गतेसम्मको लागि निरन्तरता दिएपछि सोही अनुरुप बैशाख ३ गतेसम्म कै लागि सेयर कारोवार बन्द गरिएको नेप्सेले जनाएको छ ।   
हेर्नुहोस् नेप्सेको सूचना :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK