नयाँदिल्ली – नेपालमा भन्दा एक दिन ढिलो गरी भारतमा लागू लकडाउन जारी नै छ । यस्तो बेलामा यूपीको आजमगढका एक नवदम्पत्ति विवाहपछि राजस्थान पुगे । राजस्थानमा यी नवदम्पत्तिको स्वास्थ्य जाँच भयो, तब थाहा भए दुवै दम्पत्ति कोरोना संक्रमित पो रहेछन् ।
यसपछि राजस्थानकै अस्पतालमा यो दम्पत्तिको उपचार भइरहेको छ । तर, अजमगढमा जहाँ उनीहरुको विवाह भएको थियो, त्यहाँ खैलबैला मच्चिएको छ ।
प्रहरीका अनुसार यो घटना आजमगढको छतरपुर ग्रामसभाको हो । स्थानीय प्रशासनले पूरै गाउँलाई शिल गरेको छ र सो क्षेत्रलाई स्यानिटाइज गरिएको छ।
आजमगढका सिटी एसपी पंकज पाण्डेलाई उद्धृत गर्दै समाचारमा भनिएअनुसार अप्रील १४ मा यो गाउँमा बेहुलाबेहुली पहिला गाजीपुर गएका थिए र त्यहाँबाट कारको माध्यमबाट राजस्थान पुगे । यही गरिएको टेस्टमा उनीहरु दुवैमा कोरोना पोजिटिभ देखियो ।
दुलही छतरपुर गाउँकी बासिन्दा हुन् । प्रहरीले बेहुलीका सबै परिवारलाई क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ । – एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्