×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भायानेटपछि बैंकहरुमा ‘ह्याकर-आतंक’, ग्राहकहरुलाई सचेत रहन नेपाल इन्भेष्टमेन्ट बैंकको आग्रह ! (विज्ञप्तिसहित)

अर्थ सरोकार

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार

PRIME CA

भायानेटपछि बैंकहरुमा ‘ह्याकर-आतंक’, ग्राहकहरुलाई सचेत रहन नेपाल इन्भेष्टमेन्ट बैंकको आग्रह ! (विज्ञप्तिसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । भायानेटका डाटाहरु ह्याक भएको समाचार सेलाउन नपाउँदै नेपालको बैंकिङ क्षेत्रमा पनि ‘ह्याकर आतंक’ मच्चिएको छ । बैंकको कर्मचारी भन्दै विभिन्न नम्बरबाट फोन गरेर ग्राहकको गोप्य विवरण मागिएको चर्चा सुरु भएपछि नेपाल इन्भेष्टमेन्ट बैंकले बैंकिङ कारोबारसँग सम्बन्धित कुनै पनि जानकारी कसैलाई नदिन आग्रह गरेको छ ।
लकडाउनको समयमा साइबर सुरक्षामा आक्रमण भइरहेकाे भन्दै बैंकले सचेत रहन ग्राहकलाई अनुरोध गरेको छ । बैंकको कर्मचारी बताउँदै ग्राहकलाई फोन गरेर एटीएम पासवर्ड, मोबाइल बैंकिङ पासवर्ड, पिन नम्बर लगायतका गोप्य विवरण माग्ने काम भइरहेको भन्दै बैंकका कसैले पनि त्यसरी पासवर्ड नमागेको उसले स्पष्ट पारेको छ ।  बैंककै कर्मचारीले समेत फोन गरेर माग्न नमिल्ने भएकाले यस्ता कल ठगले गरेको हुन सक्ने भएकाले निकै सचेत रहन बैंकले आग्रह गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: