×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकले ल्यायो नयाँ योजना, अनलाईन खोलिएको खातामा २१ लाखसम्मको बीमा !

LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकले ल्यायो नयाँ योजना, अनलाईन खोलिएको खातामा २१ लाखसम्मको बीमा !

२३ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनआईसी एशिया बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । उक्त योजना अनुसार अनलाईनमार्फत खाता खोली पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा बीमा सुविधा र ५ सय रुपैयाँ सम्म रकम फिर्ता दिने भएको छ ।
बैंकले अनलाईन खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराउने भएको छ भने मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो कारोबार गर्ने ग्राहकले ५ सय रुपैयाँ सम्म रकम फिर्ता पाउन सक्ने व्यवस्था गरेको हो ।
खाता खोलिसकेपछि पाउने खाता नम्बरको आधारमा ग्राहकले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्न सक्ने बैंकले जनाएको छ । कोरोना भाइरसका कारण सिर्जित कठिन अवस्थामा आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न सेवाहरु अनलाइन भुक्तानीहरू निःशुल्क गरिसकेको छ । उक्त सेवाहरुका साथै ग्राहकले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी