×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकका ग्राहकलाई अफरः आमाको मुख हेर्ने दिन अनलाइनबाट उपहार किन्दा १०% नगद फिर्ता

LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकका ग्राहकलाई अफरः आमाको मुख हेर्ने दिन अनलाइनबाट उपहार किन्दा १०% नगद फिर्ता

११ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आज आमाको मुख हेर्ने दिन । सो अवसरमा एनआईसी एशिया बैंकका ग्राहकले अनलाइनबाट केक तथा विभिन्न उपहार खरिद गर्दा १० प्रतिशत छुट अर्थात नगद फिर्ता पाउने भएका छन् ।
ग्राहकले नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट भोलि दिनभर केक वा विभिन्न उपहार सामग्री खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म नगद फिर्ता हुने बैंकले जनाएको छ ।
उनीहरुले फुडमाण्डु, ग्यापु मार्केट प्लेस तथा यूजी केकस् मार्फत उपलब्ध हुने केक तथा उपहारहरू खरिद गर्दा उक्त छुट पाउने भएका हुन् । जसको लागि बैंकले उक्त अनलाईन डेलिभरी गर्ने संस्थाहरुसँग समझदारी गरेको छ ।
जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी उपहार सामग्रीको लागत रकम भुक्तानी गर्दा ग्राहकहरूले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । लकडाउनको समयमा ग्राहकहरूलाई घरमै बसी यसरी अनलाईनबाटै समान खरिद गर्न सहज होस् भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बनाएको छ ।
बैंकले लकडाउन आवधिभर दराज अनलाईनमा रहेको बिग मार्टकाका साथै सेल्सबेरी, मेरो किराना, फुडमाण्डू तथा सेन्ट्रल बजार मार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा समेत खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म नगद फिर्ता हुने योजना लागू गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी