×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लकडाउन’ उल्लघंन गर्ने क्रम रोकिएन, उपत्यकामा ८ सय बढीलाई प्रहरीले गर्यो होल्ड…

GLOBAL IME BANK
SHREE KESH

‘लकडाउन’ उल्लघंन गर्ने क्रम रोकिएन, उपत्यकामा ८ सय बढीलाई प्रहरीले गर्यो होल्ड…

८ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – उपत्यकाबाट सोमबार बिहानै लकडाउन उल्लंघन गर्ने ८ सय २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट ५ सय ६८ जना, ललितपुरबाट २ सय २९ जना र भक्तपुरबाट ५ जनालाई नियन्त्रणमा लिई  होल्ड गरिएको प्रहरीले जनाएको छ । लकडाउनका बेला अत्यावश्यक बाहेकका कामका लागि निस्कन नपाइने भएकाले उनीहरुलाई होल्ड गरिएको प्रहरीको भनाई छ । सोधपुछका क्रममा अत्यावश्यक कामका लागि निस्किएको पाइए छाड्ने पनि गरिएको छ । 
यस्तै, प्रहरीले लकडाउन उल्लंघन गर्ने ६८ वटा गाडी नियन्त्रण लिएको छ । नियन्त्रणमा लिइएको गाडी बेलुकीमात्रै छाडिनेछ । आइतबार पनि काठमाडौं उपत्यकाबाट ३ सय ९७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरिएको थियो । आज लकडाउनको २८औँ दिन हो।  सर्वसाधारणहरु ले भने हरेक दिन लकडाउनको उल्लंघन गरेको पाइन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: