
काठमाडौं – एनएलजी इन्स्योरेन्सको ६०% हकप्रद सेयर बिक्री स्थगित गरिएको छ । चैत ११ गतेबाट लकडाउन भएका कारणले गर्दा लगानीकर्ताले हकप्रद भर्न नपाएकाले परिस्थिति सहज भए पश्चात फेरि हकप्रद सेयर बिक्री गरिने गरी अहिलेलाई स्थगित गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले फागुन २२ गतेबाट १०ः६ अनुपातमा ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसअघि चैत १२ गतेसम्म आवेदन दिने समय राखिएकामा लक डाउन कारण समय थपेर चैत २७ गतेसम्म पुर्याइएको थियो । तर सरकारले लक डाउनलाई फेरि निरन्तरता दिंदै वैशाख ३ गतेसम्म पुर्याएको छ । लक डाउन अवधि निरन्तर थपिंदा हकप्रदमा आवेदन दिने अवस्था नरहेकाले अब अर्को सूचना जारी नभएसम्मका लागि बिक्री स्थगित गरिएको कम्पनीको भनाई छ । अब परिस्थिति सहज भएपछि नियामक निकायको अनुमति लिएर बिक्री खुला गरिने कम्पनीको भनाई छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्