काठमाडौं । लकडाउन अवधिमा सरकारको विभिन्न विषयलाई लिएर सरकारको आलोचना भइरहेका बेला सरकारले अर्को आलोचना हुन सक्ने निर्णय गरेको छ ।
लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिइने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । यद्यपी जानकारहरु भने यसो गर्नुभन्दा सरकारले व्यवस्थापनमा ध्यान दिनुपर्ने बताईरहेका छन् ।
साथै आपूर्तिमा समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले गाउँ फर्कन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो । तर के दुइ दिन बाहिर हिड्न दिंदाचाहिं कोरोना संक्रमण नहुने हो र ? भन्ने प्रश्न उठेको छ ।
तर निजी सवारी चलाउन भने नपाइने सरकारको भनाइ छ । सरकारले नै निश्चित मापदण्ड बनाएर सार्वजनिक सवारी साधनमा घर जाने व्यवस्था मिलाउनेछ । त्यसका लागि कोरोना संक्रमण रोक्ने गरि दुरी व्यवस्थापन गरिनेछ । त्यस्तै, सरकारले उपत्यका बाहिरबाट उपत्यका छिर्न पाइनेछैन् ।