×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५ र १० रुपैयाँ दरका नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

५ र १० रुपैयाँ दरका नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई !

Artha Sarokar

३ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ५ र १० रुपैयाँको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीले पाएको छ  । नेपाल राष्ट बैंकले ५ र १० रुपैयाँको नयाँ नोट छाप्न बोलपत्र आह्वान गरेकोमा त्यसको टेण्डर चिनियाँ कम्पनीले हात पारेको हो । उक्त नोट छाप्ने जिम्मेवारी चाइना प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले पाएको हो । 
सो कम्पनीले अब १० रुपैयाँ दरको ३४ करोड थान र ५ रुपैयाँ दरको ३० करोड थान नोट छाप्नेछ । मुद्रा व्यवस्थापन विभागले १० रुपैयाँ दरको नोट ४१ लाख ४० हजार ४ सय डलरमा खरिद सम्झौता गरेको हो । यता ५ रुपैयाँ दरको नोट ४३ लाख ९७ हजार ५ सय डलरमा खरिद सम्झौता भएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी