
- रासस
काठमाडौँ – एनआरएनए कोरियाले कोरोना भाइरस परीक्षण गर्ने चार हजार किटसहित अन्य स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । एक हप्ताअघि नै नेपाल पुगिसक्नुपर्ने उक्त किट विमान उडान प्रभावित हुँदा पठाउन समस्या भएको हो । यससँगै उक्त किट नेपाल कहिले पुग्छ भन्ने अन्योल अझै कायमै छ ।
एनआरएनए कोरियाले आज जानकारीपत्र जारी गर्दै नेपाल पठाउने भनिएको उक्त चार हजार किट २४ घण्टाभित्र नै सुरक्षितरूपमा भण्डारण गरिनुपर्ने अनिवार्य बाध्यता र विमान उडान तालिकाको अनिश्चितताका कारण खरिद गरिएको किट नेपाल पठाउन नसकिएको हुँदा सुरक्षितरूपमा उत्पादक कम्पनीमा नै भण्डारण गरिएको र कोरियन एअरको सउल–काठमाडौँ चार्टर्ड उडान तालिकाको निश्चिततासँगै यथाशक्य छिटो नेपाल सरकारसमक्ष हस्तान्तरण गरिने जनाएको छ ।
जानकारी पत्रअनुसार उक्त चार हजार किटबाहेक अन्य स्वास्थ्य सामग्री दुई हजार पिपीइ सेट, १० हजार एन–९५ मास्क, २० हजार सर्जिकल मास्क, दुई हजार नेपाल पुग्ने गलेस, दुई हजार प्रोटेक्टिङ भाइजर, १० हजार ग्लोब्स र ५०० थर्मोमिटरचाहिँ आजै चीनको ग्वान्जाउस्थित नेपाली महावाणिज्य दूतावासलाई जिम्मा लगाउने भएको छ । उक्त स्वास्थ्य सामग्री नेपाल एअरलाइन्सको विमान आगामी चार्टर्ड गरेका बखत नेपाल पु¥याइने छ । कोरिया सरकारले कोरियाबाट निर्यात गर्न बन्द गरेपछि उक्त स्वास्थ्य सामग्री चीनमै खरिद गरिएको हो ।
दुई हजार किट नेपाल पठाउने उद्देश्यका साथ एनआरएनए कोरियाले केही दिनअघि यहाँका नेपालीबाट प्रतिव्यक्ति एक किट सहयोगअभियान अन्तर्गत दुई दिनमै रु एक करोड ४० लाख बढी आर्थिक सहयोग गरेका थिए ।
कोरोना सङ्क्रमित चिकित्सकको मृत्यु
कोरोना भाइरसबाट सङ्क्रमित एक कोरियन चिकित्सकको शुक्रबार मृत्यु भएको छ । उनी कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत थिए । आफूमा कोरोना सङ्क्रमण भएको पाइएपछि उनी मार्च १९ देखि ख्याङ्बुक नेसनल युनिभर्सिटी अस्पताल थेगुमा उपचार गराइरहेका थिए । उनलाई आफ्नो मेडिकलमा आएका सङ्क्रमितबाटै जाँच गर्ने क्रममा सङ्क्रमण भएको हुनसक्ने आशङ्का गरिएको छ ।
कोरियामा कोरनाका कारण शुक्रबारसम्म उनीसँगै मृत्यु हुनेको सङ्ख्या १७४ पुगेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ भने हालसम्म सङ्क्रमितको सङ्ख्या १० हजार ६२ पुगेको छ । दक्षिण कोरियामा कोरोना भाइरस नियन्त्रणमा आइरहेको खबर सार्वजनिक भइरहेका बेला चिकित्सकको मृत्युले सिङ्गो मेडिकल क्षेत्रले शोक मनाइरहेको उनका सहकर्मीले जनाएका छन् ।
उनीहरूले भनेका छन्, “हामी हाम्रो सहकर्मीको उच्च सम्मान गर्दै कोरोनासँग डटेर लड्नेछौँ । कोरोना सङ्क्रमित प्रत्येक बिरामी उपचारपश्चात् सकुसल अस्पतालको ढोकाबाट मुस्कुराउँदै बिदा नभएसम्म हामी निरन्तर खट्ने छौँ ।” कोरियामा कोरोना सङ्क्रमणका कारण चिकित्सकको मृत्यु भएको यो पहिलो घटना हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्