×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खाने तेलको मूल्य लिटरमै २० रुपैयाँ बढ्यो !

LAXMI SUNRISE BANK

खाने तेलको मूल्य लिटरमै २० रुपैयाँ बढ्यो !

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । खाने तेलको मूल्य लिटरमै २० रुपैयाँसम्म बढेको छ । खुद्रा विक्रेताहरू सबै किसिमका खाने तेलको मूल्य लिटरमा १० देखि २० रुपैयाँसम्म बढेको बताएका हुन् । 
सनफ्लावर एक कार्टुनको मूल्य चैत १० गतेसम्म १४ सय ५० रुपैयाँ थियो । ग्राहकहरुले एक लिटरको तेललाई खुद्रा व्यापारीबाट एक सय ५० रुपैयाँमा खरिद गर्दै आएका थिए । खुद्रा व्यापारीहरुले भने प्रतिलिटर एक सय ४५ रुपैयाँमा होलसेलबाट खरिद गर्दै आएका थिए । ग्राहकहरुले अहिले खुद्रा व्यापारीहरुबाट एक लिटरको एक सय ७० रुपैयाँमा खरिद गरिरहेका छन् । 
यता तोरी र सोयाबिनको तेलमा पनि मूल्य पनि बढेको छ । वृद्धि भएको छ । एक सय ४५ रुपैयाँ लिटरमा पाइने तेलको होलसेल मूल्य अहिले एक सय ६० रुपैयाँ पुगेको छ । यस्तै तोरीको तेलमा पनि प्रतिलिटर १५ रुपैयाँ मूल्य बढेको छ । प्रतिलिटर दुई सय १० रुपैयाँमा पाइने तेलको अहिले होलसेलले दुई सय २५ रुपैयाँ पुर्याएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी