×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खाद्य व्यापार कम्पनीबाट सामान अनलाइन अर्डर गर्न सकिने, कहाँ सम्पर्क गर्ने ?

LAXMI SUNRISE BANK

खाद्य व्यापार कम्पनीबाट सामान अनलाइन अर्डर गर्न सकिने, कहाँ सम्पर्क गर्ने ?

२७ चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • रासस
काठमाडौं – सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बुधबारदेखि अनलाइनबाट सामानको बिक्री सुरु गरेको छ । लक डाउनको समयमा नागरिकलाई सहज रुपमा दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्ने लक्ष्यका साथ अनलाइन (विद्युतीय) कारोवार सुरु गरेको हो । अनलाइनबाट उपभोक्ताको माग लिने र घरघरमा (होम डेलिभरी) पुर्याउने व्यवस्था गरिएको हो । न्यूनतम २ हजार रुपैयाँसम्म सामान अर्डर गर्नुपर्नेछ । होम डेलिभरीको अतिरिक्त शुल्क लाग्ने छैन ।
माग गरेको अधिकतम २ दिनभित्र सामान होम डेलिभरी भइसक्नेछ । सुरुमा चक्रपथ र आसपासका क्षेत्रमा यो सेवा उपलब्ध हुनेछ । विस्तारै काठमाडौं बाहिर पनि सेवा विस्तार गरिनेछ । थप जानकारीका लागि कम्पनीको अञ्चल कार्यालय, काठमाडौंमा सम्पर्क गर्न सकिनेछ । यस्तै, ०१४२४६३८९ वा ९८४८४४४९४४ टेलिफोन समेत गर्न सकिनेछ । 
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको निर्देशन अनुसार नै कम्पनीले दैनिक उपभोग्य वस्तुको विद्युतीय माध्यमबाट जानकारी लिने र सोही अनुसार बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको हो । लक डाउनको समयमा पनि उपभोक्ताले सहज रुपमा दैनिक उपभोग्य वस्तु पाऊन् भन्ने ध्येयका साथ यस्तो प्रणाली कार्यान्वयनमा ल्याइएको कम्पनीले जनाएको छ । 
यस कम्पनीले लक डाउनको समयमा चीनबाट ल्याइएको विद्युतीय चुल्हो (इन्डक्सन) समेत बिक्री गरेको छ । कुल ७ हजार ३०० थान विद्युतीय चुल्होमध्ये अधिकांश बिक्री भइसकेका छन् । दैनिक ३०० भन्दा बढी विद्युतीय चुल्हो बिक्री भएका छन् । यही अवस्थालाई ध्यानमा दिएर कम्पनीले अझै चुल्हो खरीद गरेर ल्याउने र बिक्री गर्ने योजना बनाएको छ । सरकारले विद्युतीय उपकरण प्रयोग गर्न र आत्मनिर्भरताको बाटोमा अगाडि बढ्नसमेत यसअघि नै आग्रह गरेको छ ।
कम्पनीका अनुसार तत्काल १० हजार थान विद्युतीय चुल्हो जरुरी देखिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालका अनुसार सरकारी स्वामित्वको यस कम्पनीले बुधबारदेखि काठमाडौं उपत्यकामा अनलाइनबाट दैनिक उपभोग्य वस्तुको माग लिने र घरघरमा नै पु¥याउने प्रणाली विकास गरेको हो । काठमाडौं उपत्यकाको विशेषगरी चक्रपथ आसपास क्षेत्रमा त्यस्तो सुविधा प्रदान गरिनेछ ।
सचिव अर्यालका अनुसार चक्रपथभित्र बसोबास गर्ने उपभोक्ताले दैनिक उपभोग्य वस्तुको माग गर्न सक्नेछन् । सो योजनालाई बिस्तारै काठमाडौं उपत्यकाबाहिर समेत विस्तार गरिने मन्त्रालयले जनाएको छ । सचिव अर्यालले भने, “सुरुआत गरिएको छ, यसलाई क्रमशः विस्तार गरिँदै लगिनेछ ।”
कम्पनीले सामान माग गरेको बढीमा दुई दिनभित्र उपलब्ध गराउने जनाएको छ । लक डाउन अवधिभर त्यसरी माग गरिएको सामग्रीमा थप शुल्क अर्थात होम डेलिभरी चार्ज नलिने समेत कम्पनीले जानकारी गराएको छ । त्यसका लागि उपभोक्ताको सम्पर्क नम्बरमा फोन गर्न सक्ने व्यवस्था मिलाइएको छ । कम्पनीले सानो मन्सुली, जीरा मसिनो, जापानी चामल, कर्णाली सिमी फापरलगायतका खाद्य वस्तु उपलब्ध गराउनेछ । 
कम्पनीको बेवसाइटमा गएर उपभोक्ताले आफूलाई आवश्यक वस्तु माग गर्न सक्नेछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुरु गरेको ‘होम डेलभरी’ सेवाबाट उपभोक्ताले लाभ लिन सक्नेछन् । त्यसका लागि नगद वा ई–पेमेन्ट गर्न सकिने व्यवस्था गरिएको छ । कम्पनीले उपभोक्तालाई ई–पेमेन्ट विधि अपनाउन आग्रह गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी