काठमाडौं । नयाँ शैक्षिक सत्रका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकाका सबै सामुदायिक विद्यालयले गत आइतबारदेखि भर्ना शुरु गरेका छन् । सामाजिक सञ्जाल, फोन तथा म्यासेञ्जरबाट नयाँ भर्ना लिन शुरु गरिएकोे गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए।
दुई हप्ताअघि गाउँपालिकाका सबै सामुदायिक विद्यालयले अनलाइनबाटै कक्ष १ देखि ९ सम्मको परीक्षाफल प्रकाशित गरिसकेका थिए । ‘अहिले भर्ना भएका विद्यार्थीलाई वडाध्यक्षको समन्वयमा विद्यार्थीको घर घरमा पुगेर उनीहरुलाई किताब र पोशाक पुर्याउनुपर्ने भएकाले भर्ना अभियान शुरु गरिएको हो, उनले भने ।
यसअघि बसेको पाँचपोखरी थाङ्पाल गाउँपालिका शिक्षा समितिको बैठकमा कोभिड(१९ को जोखिमलाई मध्यनजर गरी सम्बधित वडाका वडाध्यक्षसँग समन्वय गरी विद्यालयले भर्ना अभियान शुरु गर्ने निर्णय भएको थियो । सो जोखिमबाट बच्न सामाजिक दूरी कायम गरी नियमित विद्यालय प्रशासन सञ्चालन भइरहेको छ । हाल सो गाउँपालिकामा २९ वटा सामुदायिक विद्यालय छन् भने झण्डै तीन हजार विद्यार्थी अध्ययनरत छन् । रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्