- अर्थ सरोकार सम्बाददाता
बारा – युरिया मलमा कालाबजारी गरेको अभियोगमा बारा प्रहरीले एक व्यापारीलाई पक्राउ गरेको छ । प्रहरीले सिम्रौनगढ नगरपालिका वडा ८ कचोर्वाका रवीन्द्र यादवलाई एक सय २० बोरा युरिया मलसहित प्रहरीले पक्राउ गरेको हो ।
प्रतिबोरा ७ सय १० रुपैया प्रतिबोरा पर्ने युरियामल ११ सय ५० रुपैयामा बिक्री उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय चिँउटाहाका प्रमुख सई अवधेश चौबेले ट्याक्टरबाट १ सय २० बोरा युरिया मलसमेत बरामद गरेको जानकारी दिए ।
बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राका अनुसार पक्राउ परेका यादव र चालक रामाकान्त साहबिरुद्ध कालोबजारी ऐन अन्तर्गतको मुद्धा दर्ता भई जिल्ला अदालत कलैयाबाट म्यादसमेत थप भई कार्वाही प्रकृया अगाडि बढाइएको छ ।