
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकसँग भेट गरेका २६ जना व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । शनिबार बेलुका नै उनीहरुलाई वीरगञ्जको सिद्धार्थ माविस्थित क्वारेन्टाइनमा राखिएको हो ।
वीरगञ्जबाट बिहिबार २४ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडामा पठाइएको थियो । जसमा तीनको रिपोर्ट ‘पोजेटिभ’ आएको थियो भने अन्यको रिपोर्ट ‘नेगेटिभ’ आएको थियो । वीरगञ्ज–२ छपकैया घुसुकपुरस्थित हजरत बिलाल मस्जिदबाट १० जना जमाती, तीन जना मौलाना र २ जना स्थानीयलाई र छपकैयाकै मक्की जामे मस्जिदबाट ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको हो ।
संक्रमित व्यक्तिको सम्पर्कमा रहेका २६ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र शाहीले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्