×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धुलीमा दैनिक पाँच घण्टा पसलहरु खुल्ला रहने, उपभोग्य वस्तुको अभाव नहुने !

GLOBAL IME BANK
SHREE KESH

सिन्धुलीमा दैनिक पाँच घण्टा पसलहरु खुल्ला रहने, उपभोग्य वस्तुको अभाव नहुने !

१० बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सिन्धुली –  सिन्धुलीमा दैनिक पाँच घण्टा पसलहरु खुल्ने भएका छन् । मङ्गलबार बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । यसअघि वैशाख ३ गतेदेखि लागु हुने गरी बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र दूध, फलफूल, तरकारी तथा खाद्यान्न सामग्रीका पसलहरु सञ्चालन गर्न दिने निर्णय गरेको थियो । 
उपभोक्ताहरुले सो समय आवश्य वस्तु खरिद गर्न नपुगेको भन्दै गुनासो आएपछि पछिल्लो बैठकले बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म ती पसल सञ्चालन गर्न दिने निर्णय गरेको हो । एक साताका लागि मात्र आयातका लागि लगाएको प्रतिबन्धको समय थप गरेको छ । वैशाख २ गतेको बैठकले ९ गतेसम्मका लागि तराईलगायत अन्य जिल्लाबाट यस जिल्लाको प्रयोजनको लागि फलफूल, माछा, मासु, अण्डा, कुखुरा, चल्ला, हरियो तरकारी ढुवानीमा प्रतिबन्ध लगाएको थियो । ती वस्तु आयातमा यही वैशाख १५ गतेसम्म आयातमा प्रतिबन्ध लगाइएको सूचना अधिकारी उपेन्द्र न्यौपानेले बताए । 
यस्तै बैठकले जिल्लाभित्र खाद्यान्न ढुवानीमा लगाएको प्रतिबन्ध हाललाई खुल्ला गर्ने निर्णय गरेको छ । जिल्लाका विभिन्न स्थानमा बाटो अवरुद्ध हुँदा शान्ति सुरक्षा आपतकालीन तथा अत्यावश्यक सेवा सञ्चालनमा तथा आवतजावतमा समेत समस्या परेको हुँदा स्थानीयवासीले थुनछेक तथा अवरोध गरेको बाटो खुलाउनेसमेत निर्णय गरेको छ । बैठकले सामाजिक सद्भावमा प्रतिकूल असर पर्ने गरी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत प्रवाह हुने गलत सूचना नियन्त्रण गर्ने, सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा आँच आउन नदिने तथा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको छ । -रासस 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: