Skip to content
LAXMI SUNRISE BANK

पठाओले सुरू गर्‍यो अत्यावश्यक सामाग्री ढुवानी, डेलिभरी चार्ज डेढ सय मात्र !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं – पठाओले अत्यावश्यक सामाग्री ढुवानी गर्न सुरु गरेको छ । राइड सेयर कम्पनीपठाओले अनलाइन सपिङ ‘इन्फी स्टोर’ सगँको सहकार्यमा पठाओले होम डेलिभरी सुरु गरेको हो ।
हाल कम्पनीले खाद्यान्न, औषधि, बेकरी, दुग्ध उत्पादन, मासु, बेबी प्रोडक्ट लगायतका सामाग्री ढुवानी गर्ने बताइएकाे छ । डेलिभरी सेवा सकेसम्म द्रुत गतीमा गरिने कम्पनीकाे भनाइ छ ।
कम्पनीले रोगको संक्रमण नफैलियोस भनेर कम्पनीले चालक तथा डेलिभरी गर्ने स्टाफलाई पिपिई, मास्क, ग्लब्स, सेनिटाइजर प्रयोग गर्न अनिवार्य गरेको छ।त्यस्तै डेलिभरी भइसकेपछि ती स्टाफलाई सेनिटाइज गरेर, सामान राखेको बकेटलाई क्लोरिन पानीले धोएर मात्र अफिस भित्र लैजाने गरेको बताइएकाे छ ।
यो सेवा प्रयोग गर्न इन्फी स्टोरको वेवसाइटमा गएर अर्डर गर्न सकिने छ।चक्रपथ भित्र रहेको यो सेवा प्रयोग गरेबापत १ सय ५० रुपैयाँ डेलिभरी चार्ज लाग्ने कम्पनीले जनाएकाे छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK