
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएकी युवतीको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको छ । र्यापिड टेष्टमा ३ पटक पोजेटिभ रिपोर्ट आएकी वीरगञ्ज–१० अशोकबाटिका बस्ने २३ वर्षीया युवतीको शनिबार मृत्यु भएकी उनको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको हो । उनी ब्लड क्यान्सरबाट पनि पीडित थिइन् ।
उनको थ्रोट स्वाब नमूना संकलन गरी पीसीआर टेष्ट गर्न हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो । उनको मृत्यु भएपछि परिवारका सबै सदस्यहरुलाई होम क्वारेन्टाइनमा राखिएको थियो । आइतबार मात्रै वीरगञ्जमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोनाबाट संक्रमितको हुनेको संख्या ५१ पुपुगेको छ भने १६ जना निको भइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्