×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं कोरोना मुक्त भयो, सनसिटीका संक्रमित निको भएर घर फर्के !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

काठमाडौं कोरोना मुक्त भयो, सनसिटीका संक्रमित निको भएर घर फर्के !

Artha Sarokar

११ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना निको भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाको उक्त अपार्टमेन्टमा बस्ने ५८ वर्षीय छोरा र ८१ वर्षीया आमालाई निको भएको जानकारी दिए । उनीहरु बिहिबारनै अस्पतालबाट डिस्चार्ज  हुनेछन् । 
उनीहरु दुवै जना पाटन अस्पतालमा उपचाररत थिए । नेपालमा निको हुनेको संख्या ९ पुगेको छ भने संक्रमितको हुनेको संख्या ४७ पुगेको छ । बेलायतबाट फर्किएको झण्डै एक महिनापछि एकै परिवारका तीन जनामा कोरोनाको संक्रमण देखिएपछि उनीहरुलाई गत वैशाख १ गते पाटन अस्पताल भर्ना गरिएको थियो । पीसीआर टेष्टमा कोरोना नेगेटिभ देखिएपछि बुहारी भने यसअघि नै घर फर्किसकेकी थिइन्।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी