
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्रहरीले बढी मूल्यमा पेट्रोल बेचिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्युल सेन्टरका कर्मचारी कपिलवस्तु विजयनगर गाउँपालिका–५ का महेशकुमार चौधरी पक्राउ परेका हुन् ।
लकडाउनको समयमा बजार मूल्यभन्दा बढी प्रतिलिटर ११० का दरले पेट्रोल बेचिरहेको अवस्थामा चौधरीलाइ पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । पेट्रोलपम्पमा कार्यरत कर्मचारीले बिल नदिई बजार मूल्यभन्दा बढी रकम लिएर पेट्रोल बेच्दै आइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्