×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सातै प्रदेशका फोटो समाचार : अदालतबाट छुटेलगत्तै पक्राउ परे सुलभ अग्रवाल, सस्तो पसलबाट खाद्य सामाग्री किन्दै उपभोक्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सातै प्रदेशका फोटो समाचार : अदालतबाट छुटेलगत्तै पक्राउ परे सुलभ अग्रवाल, सस्तो पसलबाट खाद्य सामाग्री किन्दै उपभोक्ता

Artha Sarokar

१८ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ – देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले कालोबजारी आरोप लागेका व्यवसायी सुलभ अग्रवाललाइ जिल्ला अदालतबाट छुटेलगत्तै पुन: पक्राउ गर्दै प्रहरीदेखि धनगढीको सुपथ मूल्य पसलबाट खाद्य सामग्री किन्दै उपभोक्तासम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।

हेरौं सातै प्रदेशका फोटो समाचार :
कालोबजारी आरोप लागेका व्यवसायी सुलभ अग्रवाल जिल्ला अदालतबाट छुटेलगतै पुन: पक्राउ गर्दै प्रहरी। 
अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकमा गरेका निर्णयहरु सार्वजनिक गर्दै ।
मध्यपुरथिमि नगरपालिकाले लकडाउनको अवधिमा कोही भोकै बस्नु नपरोस् भनेर पैदल यात्री, मजदुर, गरिब, विपन्न, असहाय नागरिकलाई निःशुल्क खाना खुवाउन सञ्चालन गरेको सामूहिक मेसका लागि नगर प्रम्ुख मदनसुन्दर श्रेष्ठलाई रु ५६ हजारको खाद्य  सामग्री हस्तान्तरण गर्दै शिक्षा विकास सञ्जालका पदाधिकारी ।
कोटेश्वर सेतीओपी युवा क्लबले लकडाउनका कारण समस्या परेका विपन्न एवं मजदुरका बालबालिकालाई क्लब भवन अगाडि सडकमा बिहानको खाना खुवाउँदै । क्लबले दैनिक बिहान ४०० लाई खाना खुवाउने गरेको  अध्यक्ष रवि रिमालको भनाइ छ  ।
अरुण गाउँपालिका, पाल्पालेका युवक अनिल बस्नेतको रिदम पोल्ट्री  फर्ममा  रहेका कुखुरा । फर्ममा छ हजार कुखुरा भए पनि लकडाउन अवधिमा दाना ल्याउन समस्या भएको छ । दाना खान नपाएर दैनिक २५ देखि ३० कुखुरा मर्ने गरेको छ । कुखुराको बिक्री ठप्प हुँदा दैनिक रु ५० हजारभन्दा बढी घाटा भइरहेको छ । 
प्रोगेसिभ इञ्जिनियर एशोसिएशन  म्याग्दीबाट बेनी अस्पतालमा कोरोना सङ्क्रमण न्यूनीकरणका लागि निर्माण गरिएको स्यानिटाइजर टनेल हस्तान्तरण  । 
हनुमानढोका दरबार परिसरका ऐतिहासिक मठ मन्दिर । 
स्थानीय तीनकुनेस्थित तरकारी बजारमा बिहीबार तरकारी किन्दै उपभोक्ता । लकडाउन अवधिमा कालीमाटी तरकारी तथा फलफूल बजारमा भीडभाड बढेपछि सरकारले  काठमाडौँ उपत्यकाका ११ स्थानमा बिहान ९ बजेसम्म तरकारी पसल खोल्ने व्यवस्था मिलाएको छ  । 
हनुमानढोका दरबार परिसरमा परेवालाई चारो खुवाउँदै स्थानीयवासी । 
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित पुण्यमाता खोला किनारमा चर्दै गरेका हाँसको बथान ।
एक महिनाभन्दा बढी भारतको पिथौरागढ, बालुवाकोट क्वारेन्टाइनको बसाइँपछि अछाम घर फर्केका हर्कबहादुर विक परिवार । गत मंसिर महिनामा कामको लागि पिथौरागढको डिडिहाट मजदुरी गर्न श्रीमती र चार छोराछोरीसहित गएका थिए  । 
लायन्स क्लब अफ धनगढी ‘हेल्थ एण्ड मेडिको’ले धनगढी उपमहानगरपालिका– ५ हसनपुरमा सञ्चालन गरेको सुपथ मूल्य पसलबाट खाद्य सामग्री किन्दै उपभोक्ता । लकडाउन अवधिमा आर्थिक अवस्था कमजोर भएकालाई लक्षित गरी सो पसल सञ्चालनमा ल्याइएको हो ।
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा नागरिककर्मी दिलीप पौडेलले दक्ष पौडेलमार्फत उपलब्ध गराएका प्रेस ज्याकेट नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष प्रदीप पन्तलाई हस्तान्तरण गर्दै । ज्याकेट बागलुङ जिल्लामा कोरोना भाइरसको जोखिम मोलेर फिल्डमा जाने युनियन सर्मथक पत्रकारलाई वितरण गरेको हो । 
लमजुङस्थित क्व्होलासोथर गाउँपालिका–१ बाग्लुङपानीमा शिशुलाई नियमित खोप लगाउँदै स्वास्थ्यकर्मी ।  जन्मेदेखि १५ महिनाभित्र ११  रोगविरुद्ध सात पटक खोप लगाइने गरिन्छ । 
मुस्ताङको मार्फा साग ट्रकबाट झारिँदै ।  गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले लकडाउनका कारण साग उत्पादक किसान मर्कामा परेपछि किसानसँग साग खरिद गरी पोखरामा स्वास्थकर्मी, सुरक्षाकर्मी, पत्रकार एवं अन्यलाई निःशुल्क वितरण गरेको छ । 
कञ्चनपुरको पूर्वपश्चिम राजमार्गको झलारी बजारमा लकडाउन उल्लङ्घन गरी बिहीबार टेम्पो चलाउने चालकलाई सम्झाउँदै सुरक्षाकर्मी ।
घर नजिकै घट्ट नभएपछि तीन घण्टाको दुरीमा रहेको झुर्मेखोलाको घट्टमा पिठो पिसेर ल्याउँदै नलगाड नगरपालिका –५ का स्थानीय बासिन्दा । 
जाजरकोटको बारेकोट गाउँपालिका –५ घाटस्थित नलगाड नदी किनारबाट खच्चडद्वारा  बालुवा ढुवानी गरी सिलिङ्गी गाउँमा लैजाँदै। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी