
हेरौं सातै प्रदेशका फोटो समाचार :
राष्ट्रिय बाणिज्य बैंक विराटनगर मेनरोड शाखामा बुधबार चेक सटही र रकम जम्मा गर्ने ग्राहकको भीड । बन्दाबन्दी अवधिमा बैंकको चार शाखामध्ये दुई शाखाले आलोपालो गरी बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म कारोवार सञ्चालन गर्दै आएको छ।

कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनी सरकारले लागू गरेको लकडाउन अवधिमा काठमाडौँबाट घर जान पाइन्छकी भनी बुधबार सवारीसाधनको खोजीमा नयाँ बसपार्कतर्फ जाँदै सर्वसाधारण ।

स्वयम्भूबाट कलङ्कीको सडक क्षेत्रमा देखिएका सवारीसाधन ।

भोजपुरको षडानन्द नगरपालिका–१४ बोयाको महेन्द्रदय माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका नागरिक । क्वारेन्टाइन व्यवस्थित हुन नसक्दा अन्य सङ्क्रमण हुनसक्ने चिन्ता उनीहरुले व्यक्त गरेका छन् ।
काठमाडौँको धापासीस्थित तिलिङ्गाटार माध्यमिक विद्यालयको परिसरमा एक वर्षभन्दा कम उमेरका बालबालिकालार्ई बुधबार खोप लगाउँदै स्वास्थ्यकर्मी ।

लकडाउन अवधिमा विपन्न र दैनिक ज्यालादारी गर्नेहरु भोका बस्न नपरोस् भनी ओखलढुङ्गाका समाजसेवी कृष्णबहादुर थापाले चम्पादेवी गाउँपालिका–७ का वडाअध्यक्ष सुरेस थापालाई प्रदान गर्नुभएको राहत सामग्री ।

लकडाउन अवधिमा विपन्न र दैनिक ज्यालादारी गर्नेहरु भोका बस्न नपरोस् भनी ओखलढुङ्गाका समाजसेवी कृष्णबहादुर थापाद्वारा राहत सामग्री सहयोग । उहाँले एक थान थर्मल गन, पाँच थान पिपिई सेट, माक्स ५०० वटा, मेडिकल पञ्जा दुई हजार थान, स्यानिटाइजर ४५० वटा, चामल ३० बोरा, नून २०० प्याकेट, र तेल ३५० प्याकेट चम्पादेवी गाउँपालिका–७ का वडाअध्यक्ष सुरेस थापालाई बुधबार हस्तान्तरण गर्नुभएको छ ।

असिनाले क्षति पु¥याएको ओखलढुङ्गा ज्यामिरेकी टीकामाया खड्काको तरकारी खेती । बुधबार परेको असिनाले रु २५ लाख बराबरको कृषि बालीलाई क्षति पु¥याएको कृषि ज्ञान केन्द्रले बताएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा पैदल यात्रुलाई उद्धार गरी गन्तव्यतर्फ पठाइँदै । गोरखाबाट आएका उनीहरुलाई प्रहरीले उद्धार गरी गन्तव्यसम्म पु¥याउन सहयोग गरेको हो ।

लकडाउन अवधिमा काठमाडौँमा अलपत्र परेकालार्ई गाडीमार्फत ल्याएर बुधबार गृहजिल्ला प्रवेश गराइँदै । स्थानीय तहसंँग समन्वय गरेर काठमाडौँमा अलपत्र परेका ४० जनालाई म्याग्दी ल्याइएको हो ।

कैलालीको टीकापुरमा उखु काट्दै किसान । प्रशासनले खेती गर्न अनुमति दिएपछि किसान खेमराज मुडभरीले सामाजिक दूरी कायम राखी स्थानीय कामदार प्रयोग गरेर उखु काट्न थालेका हुन् ।

डोटीको दिपायल सिलगढी नगरपालिकाले नगरभित्र रहेका विपन्न तथा आर्थिक अवस्था कमजोर भएकालाई राहत वितरण शुरु गरेपछि दिपायलस्थित राजपुरमा राहत लिन आएका सर्वसाधारण ।

लकडाउनको अवधिमा दाङ तथा सुर्खेत घर जान दोलखाबाट काठमाडौँको बालाजुचोकमा आइपुगेका मजदुर । घर जान पाइन्छकी भनेर सवारीसाधनको पर्खाइमा उनीहरु बसेका हुन् । बालाजुचोकमा कार्यरत ट्राफिक प्रहरी केदार भण्डारीले समन्वय गरी उनीहरुलाई खाना खुवाएका थिए ।
