×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सातै प्रदेशका फोटो समाचार : लकडाउनको २९औँ दिन सातै प्रदेशमा देखिए यस्ता गतिविधि (फोटो-कथा)

PRIME CA

सातै प्रदेशका फोटो समाचार : लकडाउनको २९औँ दिन सातै प्रदेशमा देखिए यस्ता गतिविधि (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलवार

काठमाडौँ – देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले कोरोना रोकथामका लागि सुरक्षा बचत तथा ऋण सहकारीले सहयोग गरेकोदेखि लकडाउनका कारण मोरङमा एक हजार ट्रक गोलभेडा कुहिने अवस्थामा रहेकोसम्मका दृश्यको फोटो समाचार समेटेका छौं । 
हेरौं सातै प्रदेशका फोटो समाचार :
सुरक्षा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीतबहादुर थापाले रामपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु २५ हजार ५०० को चेक नगरप्रमुख रमणबहादुर थापालाई हस्तान्तरण  गर्दै  ।
मोरङको कटहरी गाउँपालिका–४ नयाँबजारका किसानले बिक्रीका लागि प्रतिकिलो रु १० भन्दा कम मूल्यमा काठमाडौँ पठाउन तयारी अवस्थामा  राखेको  २०० के्रट गोलभेडा  । बन्दाबन्दीका कारण  समयमै बिक्री नहुँदा खेतीमा रहेको एक हजार ट्रक गोलभेडा कुहिने अवस्थामा  रहेको छ ।   यस क्षेत्रका ५०० किसानले १००  विघामा तरकारीको खेती गर्दै आएका छन् । 
नुवाकोटको ककनी गाउँपालिका– ५ मा स्ट्रबेरी टिप्दै  ठूलीमाया र कान्छीमाया तामाङ  । केही दिनअघि परेकोे असिना पानीले स्ट्रबेरी खेतीलाई क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् । स्ट्रबेरी खेतीका लागि ककनी प्रसिद्ध छ  । 
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा मङ्गलबार बसेको पदाधिकारी बैठक । 
कोरोना भाइरस सङ्क्रमितको उपचार गराइराखेको धौलागिरि अञ्चल अस्पताल बागलुङमा संघीय सरकारको रु एक करोड र गण्डकी प्रदेश सरकारको रु ५० लाखको लगानीमा हालै अस्पतालमा जडान गरिएको सघन उपचार कक्ष । अस्पतालले एक हप्ताभित्रै उक्त सेवा प्रदान गर्ने भएको छ ।
बन्दाबन्दीका कारण काम रोकिएपछि गुल्मीबाट नुवाकोटको ककनी पुग्न हिँडेका युवा पोखरा महानगरपालिका– ३३ स्थित बागमाराको सडकमा । तीन दिन लगाएर पोखरा आइपुगेका उनीहरू अब तीन दिन हिँडेपछि नुवाकोट पुग्ने अपेक्षा राखेका छन् । 
शुक्लाफाँटा नगरपालिका–३ को कार्यालयले प्रदान गरेको राहत सामग्री लिनका लागि मङ्गलबार सामाजिक दुरी कायम गरी बसेका विपन्न परिवार ।  वडाका अतिविपन्न साँझ बिहानको छाक टार्न समस्या भएका २८ परिवारलाई राहत सामग्री वितरण गरिएको हो  । 
लकडाउन उल्लङ्घन गरी घर बाहिर  सडकमा हिँडडुल गर्ने राजविराजका सर्वसाधारणलाई ‘मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’को माध्यमबाट पक्राउ गर्दै सुरक्षाकर्मी । 
रामपुर नगरपालिकाको क्वारेन्टाइनमा बसेका छ वर्षीय बालक शिव नेपालीको ¥यापिड  डायग्नोष्टिक टेष्ट गरिँदै  । आरडिटी  परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि नेपालीलाई घर पठाइएको छ ।
कैलालीको धनगढीमा निर्माणाधीन  भवनमा कार्यरत मजदुर साइकलमा वीरगञ्ज जाँदै ।  ठेकेदार सम्पर्कविहीन भएपछि भोकै मर्ने डर  उनीहरु घर गएका हुन् ।
भक्तपुरको साँगामा मङ्गलबार ग्यास ढुवानी गाडीमा कीटनाशक औषधि छर्किदै नेपाल रेडक्रस सोसाइटीका स्वयम्सेवक । कोरोना भाइरसको सङ्क्रमण  रोकथाम तथा न्यूनीकरणका लागि सवारी साधनमा स्यानिटाइजर गरेर मात्र जिल्ला प्रवेश गर्ने गराइन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: