×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : १५ तस्विरमा हेर्नुहोस् लकडाउनको २३औँ दिन कुन ठाउँमा के-के भयो ? (फोटो-कथा)

काठमाडौँ – देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले कोरोना भाइरस रोकथाम गर्न आर्थिक सहयोग गरेकोदेखि काठमाडौँमा राहतको पर्खाइमा बसिरहेका मजदुरहरुसम्मका दृश्यको फोटो समाचार समेटेका छौं । 

हेरौं सातै प्रदेशका फोटो समाचार :
काठमाडौँको कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा बिरामीलाई औषधि र खानेकुरा पु¥याउन जाने रोबोट तयार पार्दै इन्जिनियर । फ्याँकिएका ट्रली प्रयोग गरेर सो रोबोट तयार हुँदैछ ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी बुधबार नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले हस्तान्तरण गरेको ध्यानाकर्षण पत्र ग्रहण गर्दै । 
लामो लकडाउन भएपछि रोल्पाको लुङ्ग्री गाउँपालिकाका सात मजदुर पोखराबाट बागलुङ हुँदै रोल्पा जाँदै । पोखराबाट दुईदिन हिँडेर बागलुङ आइपुगेका मजदुरलाई रोल्पा पुग्न अझै चार दिन लाग्ने छ । उनीहरु  खाद्यान्नको अभावमा भोकै पर्ने डरले  आफ्नो गाउँ हिँडेका हुन्  ।
पोखराको मेथलाङबाट देखिएको  सुनसान फेवाताल । सधैँ  पर्यटकको भीड हुने फेवातालमा  अहिले लकडाउन अवधि भएकाले सुनसान भएको हो  ।
बिरामीको उपचारका क्रममा अक्सिजन दिन प्रयोग हुने स्वचालित एम्बु ब्याग ९रेसुसिटेटर० निर्माण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर शङ्कर ढकाल ।
चर्ने क्रममा वनबाट गाउँ आइपुगेको  मृगको बच्चा जिल्ला वन कार्यालयका प्रतिनिधिलाई हस्तान्तरण गर्दै इलाका प्रहरी कार्यालयका प्रमुख  भेषराज रेग्मी ।
फूड बैंकमार्फत वितरणका लागि ल्याइएको गुणस्तरहीन चामल । बागलुङ नगरपालिका र बागलुङ जेसीजले मजदुरलाई बाड्न किनेको २० बोरा चामल गुणस्तरहीन पाइएपछि फिर्ता गर्न लागिएको छ ।
कैलालीको चुरेमा मङ्गलबार परेको असिना पानीले सखाप पारेको गहुँबाली । हावाहुरीसँगै असिना पानीले गहुँबालीमा क्षति पु¥याएपछि  कृषक चिन्तित बनेका छन् ।
दाङको बेलझुण्डीमा स्थापना भएको कोरोना विशेष अस्पतालका लागि आवश्यक बेड प्रादेशिक आयुर्वेद चिकित्सालयबाट बुधबार लैजाँदै नेपाली सेना  ।
काठमाडौँको बौद्धनगर वडा नं ६ झुपड बस्तीमा ४५ घरपरिवार एउटै टहरामा निर्माण गरिएको ४५ वटा कोठामा  ३०० जना बस्दै आएका भारतीय नागरिक । उनीहरु दैनिक ज्यालादारी काम गर्ने भएकाले लकडाउन अवधिमा काम नपाएपछि बिहान बेलुका हातमुख जोड्न समस्या भएको बताउँछन् ।
फूड बैंकमार्फत वितरणका लागि ल्याइएको गुणस्तरहीन चामल । बागलुङ नगरपालिका र बागलुङ जेसीजले मजदुरलाई बाड्न किनेको २० बोरा चामल गुणस्तरहीन पाइएपछि फिर्ता गर्न लागिएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको आकस्मिक कोषमा रु १० हजारको चेक नगरप्रमुख दिलबहादुर ऐरलाई हस्तान्तरण गर्दै  द्धन्दपीडित तथा एकल महिला विकास केन्द्रका अध्यक्ष सीता बोहरा । 
काठमाडौँको टुँडिखेलमा मङ्गलबार साँझपख आहाराको खोजीमा देखिएका चीलका बथान । 
लालीको घोडाघोडी नगरपालिका–१० घुम्नीभाकलमा कृषकले लगाएको अन्नबाली खाएपछि सडकतिर छाडा चौपायालाई धपाउँदै स्थानीयवासी ।
साप्ताहिक हाटमा बुधबार देखिएको सर्वसाधारणको भीड । कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन सरकारले लकडाउन गरे पनि ओखलढुङ्गामा बुधबार र शनिबार लाग्ने हटियामा त्यसको प्रभाव परेको देखिदैन । नगरपालिका र स्थानीय प्रशासनले भीडभाड नगर्न अनुरोध गरे पनि व्यवसायी र उपभोक्ताले लकडाउन उल्लङ्घन गरेको पाइन्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: