काठमाडौँ । सरकारले एमाले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसहित ६ जनालाई अध्यागमनको कालोसूचीमा राखेको छ । सरकारले ओली, लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा, काठमाडौँका तत्कालीन सिडिओ छविलाल रिजाललाई अध्यागमनको कालोसूचीमा राखेको हो ।
भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएको सरकारी दमनबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगको सिफारिसमा उनीहरुलाई अध्यागमनको कालोसूचीमा राखिएको अध्यागमन कार्यालयका एक अधिकारीले बताएका छन् ।
आयोगले गरेको सिफारिसमा उनीहरुलाई कुनै पनि बेला बयानका लागि बोलाउनुपर्ने कारण उल्लेख छ । सोही कारण उनीहरुलाई विदेश भ्रमणमा जान रोक लगाउन र उपत्यका बाहिर जाँदा आयोगको स्वीकृति लिएर मात्र जान पाउने प्रबन्ध मिलाउन सरकारलाई सिफारिस गरिएको थियो ।
आयोगको सिफारिसका आधारमा उनीहरुलाई अध्यागमनको कालोसूचीमा राखिएको छ । तर, सो विषयमा सम्बन्धित व्यक्तिहरुलाई औपचारिक जानकारी पठाइएको छैन । यद्यपि ६ जनालाई अध्यागमनको कालोसूचीमा राखिएको गृह मन्त्रालयले समेत पुष्टि गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्