×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महावीर पुनलाई बदनाम गर्ने यी सिए, जो ‘दाजुलाई मन्त्री बनाइयो’ भन्दै ठमेलमा मसाज गर्न गए ! (भिडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

महावीर पुनलाई बदनाम गर्ने यी सिए, जो ‘दाजुलाई मन्त्री बनाइयो’ भन्दै ठमेलमा मसाज गर्न गए ! (भिडियोसहित)

Artha Sarokar

९ आश्विन २०८२, बिहीबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौँ । महावीर पुन । धेरैका लागि उनी फगत एउटा अभियानता, नेता वा प्रेरणाका स्रोतमात्र होइनन्, बरु भरोसाका पुञ्ज हुन् । कतिपयका लागि उनी जीवित भगवान् हुन्, कलिमा जन्मिएका एक महानायक हुन् । सिधा तरिका, सटिक बोली, हक्की स्वभाव उनका पर्याय हुन् । पेटमा पाप नभएरै होला मुखको चुच्छो छन् उनी । चपाएर, घुमाएर कुरा गर्न जान्दैनन्, जे हो त्यहि भन्छन् । र कसैले युवाहरुलाई के सुझाव दिनुहुन्छ ? भन्दा उनले भनेका थिए, जे सुकै गर्नुस् भन्ने सुझाव दिन्छु । म आउंदैमा सबै थोक मिलिहालने हुँदैन, किनकि म भगवान होइन । उनले बोलेको यो शब्द भित्र उनी कति शालीन छन्, कति व्यावहारिक छन् भन्ने देखाउँछ । नेपालीहरु काम गर्दैनन्, आश मात्र देखाउँछन् भन्ने उनको बोलीले उनी कति सिधा छन् भन्ने प्रष्ट पार्छ । भूमिकामा उनी अहिले शिक्षामन्त्री छन् । एउटा किताब बेचिरहेको बैज्ञानिकलाई फ्याट्ट मन्त्री बनाइदिएपछि उनी आफैं अलमलमा परेको र एउटा टीम बनाएर काम गर्ने कुरा उनैले भनिसकेका छन् । मन्त्री भएको केहि दिनमै उनले समयमै नतिजा प्रकाशन, स्कुलहरुमा कम्प्युटर शिक्षक दरबन्दी लगायतका नीतिगत निर्णय गरिसकेका छन् । अझ धेरै गर्दैछन् । कुरो क्लियर छ, उनको मनमा पाप छैन, सकेको काम गर्छन्, नसकेको दिन, दिक्क लाग्यो भनेर छोडीदिन्छन् । किनकि उनलाई पदको लोभ छैन, भ्रष्टाचार गर्नु छैन, कसैका अगाडी राम्रो टोपलिनु छैन, मात्र उनलाई देशको सेवा गर्नु छ ।

तर, यीनै शालीन महाबीर पुनको नाम भजाएर खान सकिन्छ कि भनेर अहिले केहि सुलसुलेहरु लागि परेका छन् । उनीसँग फोटो खिचेर राजनीतिको रोटी सेक्न सकिन्छ कि भनेर उनको नजिकको मान्छे टोपलिएका छन् । आफ्नै पेशाको बदनाम गर्ने गरी, महाबीरको इज्जतमाथि दाग लाग्ने गरी, केहि राजनीतिक पात्र हरु उनलाई बाहिर उनको जस्तो देखिएर भित्रभित्रै खुईल्याउने प्रयासमा छन् ।

सोझो मगरको छोरोको नाम दुरुपयोग गरेर महाबीरको महाअभियानलाई बदनाम गराउने प्रयासमा हिंडेका केहि मध्येका एक हुन् दृश्यमा देखिएका यीनी केएच बुढाथोकी अर्थात कृष्णहरी बुढाथोकी । पेशाले उनी चार्टर्ड एकाउन्टेन्ट हुन् । महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा लेखा राख्ने काम उनैले गर्छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता हुन् भने उनका पार्टनर काला एमाले हुन् । यसअघि बुढाथोकी अरु कुनै पार्टीको वकालत गर्थे, रास्वपा राइजमा आएपछि त्यतै लागे । अहिले महाबीरको अकाउण्ट्सको आउटसोर्स गरेको साइनोको फाइदा उठाउँदै आफुलाई जेनजी पत्रकार भनेर उनी शितल निवासबाट लाइभ गर्छन्, दाजुलाई मन्त्री बनाइयो, अव मसाज गर्नुपर्छ भनेर ठमेलबाट सार्वजनिक हुन्छन् । ऋषि धमलालाई नै माथ खुवाउने गरी महाबीरको पछि पछि देखिन्छन्, क्यामरा देख्नै हुन्न, उनी महाबीरको हर्ताकर्ताजसरी उभिन्छन् ।

कुरा यतिमात्र सिमित छैन, उनले गर्ने निर्लज्ज काममा पनि अडिट फर्मको आईडी कार्ड भिर्छन् । आईडी कार्ड भिर्नु भनेको फगत परिचय दिनुमात्र होइन, सो परिचयको प्रतिनिधित्व गरेर त्यहाँ पुगिएको छ भन्नु पनि हो । तर उनी सिए फर्मको कार्ड भिरेर ठमेलमा मसाज गर्न जान्छन् । अझ ठमेलमा मसाज गर्न आइएको छ भनेर लाइभ गर्नेले त्यहाँ पुगेर लाइभ नगरी के के गर्छन्, उनै जानुन्, तर यो एउटा प्रोफेसनल सिएले गर्ने व्यवहार हुँदै होइन । यो त सरासर सिएको बेइज्जत गर्ने काम हो, अडीट फर्मको बेइज्जत गर्ने काम हो । र त अहिले उनीविरुद्ध सिएहरुलाई नियमन गर्ने संस्था नेपाल चार्टड एकाउन्टेन्स् संस्था (आइक्यान)मा उनको लाइसेन्स खारेजीको माग गर्दै उजुरी परेको छ र आइक्यानले उनीमाथि अनुशासनको कारवाही प्रक्रिया अगाडी बढाउने भएको छ । हुन त उनका सबैभन्दा नजिकका सिए नै आइक्यानका पार्षद छन्, उनको लाइसेन्स जोगाउन तिनै लाग्लान् । र पनि सिए फ़ेट्रनिटीमा बहस चुलिएको छ, कृष्णहरि बुढाथोकी प्रवृतिमाथि अव पनि अंकुश लगाइएन भने सिएहरु मजाकका पात्र बन्नेछन् ।

आइक्यानले नै जारी गरेको कोड अफ इथिक्समा पनि अडिटर भएर के के गर्न मिल्छ भन्ने कुरा प्रष्ट लेखिएको छ । अडिट फर्मको पार्टनर भएको कार्ड भिरेर मसाज सेन्टरमा जानु भनेको अनइथिकल त हुँदै हो, यो सिएहरुको स्वाभिमानमाथिको प्रहार पनि हो । र उनलाई यस कारण पनि कारवाही गरिनुपर्छ, उनी इथिकल्ली अव अडिटर बन्न लायक नभएकाले उनको लाइसेन्स खारेज गर्नुपर्ने मागसहित आइक्यानमा निवेदन परिसकेको छ । यहि कारण अव कति क्लाइण्टको काम रोकिने हो, थाहा छैन । तर यो घटनाले पूरै सिए क्षेत्र पनि बदनाम भएको छ ।

महाबीर पुन आफैंमा सोझा छन् । उनको सोझोपनको फाइदा उठाएर उनलाई बदनाम गर्न खोज्नेहरु धेरै छन् । बैंकमा एमाले कोटाबाट गैरकानुनी संचालक बनेकाहरु नै उनको सल्लाहकार बन्न लालायित देखिएका छन् । विचरा सोझो मगरको छोरो, खुरापाती जान्दैनन्, बुझ्दैनन्, कुन दिन फसेको थाहा नै हुन्न । किनकि अहिलेको सरकार असफल बनाउन एमालेले खेल्ने कुरामा कुनै शंका छैन र उनी निकटकाहरु यसका गोटी बन्न सक्ने कुरामा पनि दुईमत छैन । रास्वपा आफ्नो क्रेज घटीरहेको चिन्तामा छ । यो सरकार सफल हुँदा उसलाई बेफाइदा नभए पनि राजनीतिक फाइदा छैन । तर उसले पनि महाबीरलाई पक्कै सपोर्ट गरेको छ । अकाउण्टेन्ट भएको बहानामा कृष्णहरि बुढाथोकीले महाबीरको नाम बेचेर गरेको गलत कामले रास्वपालाई पक्कै हानी गर्छ । र त यस्तो काम गर्नेलाई रास्वपाभित्रै पनि कारवाहीको माग उठिरहेको छ ।

पहिला पहिला सिए भनेपछि कत्रो शान हुन्थ्यो, मान हुन्थ्यो, स्वाभिमान हुन्थ्यो । अहिले पनि बजारमा धेरै राम्रा सिए पनि छन् । तर पछिल्लो समय कृष्णहरि बुढाथोकी प्रवृति हाबी हुँदा सिएहरुको शाख गिरेको छ । फलानो बैंकमा फलानो एमाले कमरेड गैरकानुनी संचालक भयो रे, को भयो, एउटा सिए । हेर त बेइज्जत । अख्तियारबाट एउटा सिएले ल्याबटप नै चोरेछ । पछि जेल जाने डर भएपछि मैले त डाटा जोगाउन लगेको भनेर लाजै पचाएर बोलेछ, कसले बोलेछ, एउटा सिएले हेर त बेइज्जत । अफिसमा इण्ट्रन कलीली बहिनी ट्वाइलेट जाँदा एउटाले फोटो खिचेछ, कहाँ ? एउटा सिए फर्ममा । अहिले सिए पढ्ने विद्यार्थीहरुको संगठन एनकासाले त्यसको विरोध गरेको छ, हेर त सिएको बेइज्जत । अनि एउटा सिए पार्टीको झोला बोक्छ, क्लाइण्ट मन्त्री हुँदा सिएकै कार्ड भिरेर जथाभावी लाइभ गर्दै हिड्छ, इजाजत नै नलिई, आफुलाई जेनजी पत्रकार दाबी गर्छ, ठमेलमा गएर मसाज गर्दैछु भनेर निर्लज्ज लाइभ गर्छ । अझ सोझा मगरको छोरोलाई लेखा राख्ने र अडित गर्ने तपाईं नै हो भनेर भन्न लाउँछ, जबकि प्रचलित कानुनले लेखा राख्ने र अडिट गर्ने काम एउटैले गर्न नै पाउँदैन । क्लाइण्टकहाँ गरिने कामको प्रचार प्रसार पनि गर्न नपाइने नियम छ आइक्यानको । तर आफ्नै पार्टनर आइक्यानको ठाउँमा रहेपछि मलाई कसले के गर्न सक्छ र भन्ने पाराले बुढाथोकीले जे गरेका छन्, त्यो अक्ष्यम्य छ । अव पनि यस्तो प्रवृतिमाथि अंकुश नलगाउने हो भने सिएहरुको इज्जत कहाँ जान्छ होला ? सिएको नाममा खुलेका संघ संस्थाहरुले पनि ख्याल गर्ने कि ।

अनि महाबीर पुनज्यू, तपाईंलाई यो शुभचिन्तकको एउटा सानो सन्देश । कोहि अडीटर बनेर, कोहि सल्लाहकार बनेर, हल्लाहकारको भूमिका खेल्ने र तपाईंलाई बदनाम गराउन पार्टीका झोलेबाट सुपारी लिनेसँग तपाईं जोगिनुपर्छ । किनकि तपाईंलाई हार्ने छुट छैन । तपाईं असफल हुनु भनेको लाखौँ जेनजी र युवाको भरोसा टुट्नु हो, तपाईं सफल बन्नु भनेको बर्षौंसम्म हामीलाई चुस्ने सामन्तीहरुको अन्त्य हुनु हो । त्यसैले तपाईं जोगिनुहोला फटाहाहरुसँग । (भिडियो)

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी