काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबार नेप्से परिसूचक १०.४३ अंकले बढेर २६७६.०३ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३३३ कम्पनीको १ करोड ४६ लाख ९३ हजार ८०७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब ६६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ४० करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा सागर डिष्टिलरीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, हिमस्टार उर्जा कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।













