काठमाडौँ । इन्डोनेसियाको राजधानी जकार्ता विश्वकै सबैभन्दा ठूलो शहर बनेको छ । संयुक्त राष्ट्र संघको एक नयाँ प्रतिवेदनले जकार्तालाई विश्वकै ठूलो शहर घोषणा गरेको हो ।
प्रतिवेदनका अनुसार जकार्तामा ४ करोड १९ लाख मानिस बसोबास गर्छन् । यसअघि सन् २००० मा जापानको टोकियो पहिलो स्थानमा थियो ।
उक्त प्रतिवेदन अनुसार विश्वकै ठूलो शहरको सूचीमा बंगलादेशको ढाका शहर दोस्रो स्थानमा छ । ढाकामा ३ करोड ६६ लाख मानिस बसोबास गर्छन् । सन् २००० मा सबैभन्दा ठूलो शहरको पहिलो स्थानमा रहेको टोकियो अहिले तेस्रो स्थानमा झरेको छ । टोकियोको जनसंख्या ३ करोड ३४ लाख छ ।
त्यस्तै, भारतको नयाँ दिल्ली चौथो स्थानमा छ । नयाँ दिल्लीमा ३ करोड २ लाख मानिस बसोबास गर्छन् । त्यस्तै, २ करोड ९६ लाख जनसंख्या रहेको चीनको साङ्घाई शहर पाँचौं स्थानमा छ भने चीनकै ग्वाङझाउ छैटौँ स्थानमा छ । ग्वाङझाउको जनसंख्या २ करोड ७६ लाख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्