×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सातै प्रदेशका फोटो समाचार : काठमाडौँमा धमाधम ढल निर्माण हुँदै, जुम्लामा दूध बिक्री गर्न समस्या !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सातै प्रदेशका फोटो समाचार : काठमाडौँमा धमाधम ढल निर्माण हुँदै, जुम्लामा दूध बिक्री गर्न समस्या !

Artha Sarokar

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ – देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले वल्र्ड भिजनका प्रतिनिधिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ३२० थान पिपिई हस्तान्तरण गरेकोदेखि लकडाउन अवधिमा अरनिको राजमार्गस्थित बनेपा चारदोबाटो चोकमा आइतबार चलाएको सवारी साधनको पास छ, छैन भनी चेक गर्दै सुरक्षाकर्मीसम्मका दृश्यको फोटो समाचार समेटेका छौं । 
हेरौं सातै प्रदेशका फोटो समाचार :
वल्र्ड भिजनका प्रतिनिधिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ३२० थान पिपिई हस्तान्तरण गर्दै ।
कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन अवधिमा अलपत्र परेका जुम्ला तिला गाउँपालिकाका यात्रु सुर्खेतबाट बसमा जुम्ला जाँदै ।
भीमदत्तनगरपालिकाको बजारक्षेत्रका सडकमा रहेका कुकुरलाई खाना लैजाँदै  हेल्प नेपाल कञ्चनपुरका पदाधिकारी । लकडाउन अवधिमा कुकुर, बाँदर र छाडा पशु चौपाया  भोका नरहून् भनी हेल्प नेपालले  खानेकुरा  दिँदै आएको छ ।  
बागलुङको रामरेखा, पर्वत र पाङ जोड्ने कालीगण्डकी नदीमाथि निर्माण गरिएको ५७६ मिटर लामो  र १३८ मिटर उचाइ रहेको झोलुङ्गेपुल । रु छ करोड ९१ लाखको लागतमा हालै निर्माण सम्पन्न पुल लकडाउनपछि मात्र आवतजावत खुला गरिने छ ।
‘कोभिड–१९’ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को आइतबार छाउनीमा आयोजित पत्रकार सम्मेलनमा पछिल्ला दिनमा कोरोना भाइरस पहिचान, रोकथाम तथा नियन्त्रणका विषयमा सिसिएमसीले गरेका कामकारबाहीका बारेमा प्रकाश पार्दैै नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी विज्ञानदेव पाण्डे ।
काठमाडौँको पुतली सडकमा ढल निर्माण गर्दै कामदार ।  लकडाउनका कारण  सवारीसाधन नचलेकाले काम गर्न सहज भएको छ ।
बाजुराको बडीमालिका नगरपालिका–७ की गर्भवतीलाई बोकेर जिल्ला अस्पताल बाजुरा ल्याइँदै। घरसम्म सवारी साधन नपुगेकाले स्थानीयवासीले बोकेर अस्पताल ल्याएका हुन् ।
लकडाउन अवधिमा अरनिको राजमार्गस्थित बनेपा चारदोबाटो चोकमा आइतबार चलाएको सवारी साधनको पास छ, छैन भनी चेक गर्दै सुरक्षाकर्मी । 
सप्तरीको बोदे बर्साइन–५ मा स्वाब सङ्कलन गर्दै स्वास्थ्यकर्मी । सिलाजित र  हिङ बेच्न आएका जुम्लाका तीन घुमन्ते व्यापारी,  बोदे बर्साइन नगरपालिकाका १०, डाकनेश्वरी नगरपालिकाका २८, सुरुङ्गा नगरपालिकाका १२, खडक नगरपालिकाका दुई र बलान बिहुल गाउँपालिकाका तीन जनाको स्वाब सङ्कलन गरिएको छ ।
‘कोभिड–१९’  विरुद्ध निरन्तर खटिएका सुरक्षाकर्मीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम० का प्रहरी उपरीक्षक लालमणि आचार्यलाई आइतबार स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ का अध्यक्ष गुणनिधि तिवारी । 
बङ्गुरका पाठापाठी स्याहार्दै वालिङ नगरपालिका–१२,  फौदीखोलास्थित  शुभबिहानी फर्मका डम्बरबहादुर गुरुङ । लामो लकडाउनका कारण पाठापाठी बिक्री गर्न नसकिएको  गुरुङ बताउँछन्  ।
म्लाको गुठीचौर गाउँपालिका–३ का विष्णु धितालले व्यावसायिक रुपमा पालेकोे भैँसी । लकडाउनका कारण धिताललाई दूध बिक्री गर्न समस्या भएको छ । 
डोटीको पिपल्ला बजारमा कृषि उपजका बीउबिजन बिक्री गर्न कृषकको प्रतीक्षामा बसेका साजन एग्रोभेटका व्यापारी । लकडाउनका समयमा अतिआवश्यक औषधि, खाद्यान्नलगायत बीउबिजनका पसल सञ्चालित छन्  । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी