×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सातै प्रदेशका फोटो समाचार : नायक आकाश श्रेष्ठले गरे कोरोनासँग लड्न आर्थिक सहयोग, कुन ठाउँमा के-के भयो ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : नायक आकाश श्रेष्ठले गरे कोरोनासँग लड्न आर्थिक सहयोग, कुन ठाउँमा के-के भयो ?

काठमाडौँ – देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले कोरोनासँग लड्न नायक आकाश श्रेष्ठले ५१ हजारको चेक तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर रावतलाई बिहीबार हस्तान्तरण गरेकादेखि सुनसरी–मोरङको सिमाना जोड्ने दुहबीस्थित बुढी नदीमाथि निर्माणाधीन पुलमा मजदुर काम गरिरहेको अवस्थासम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
कोरोना भाइरसको उपचारपछि घर फर्केका कञ्चनपुरको बेदकोट नगरपालिका–१० चथरीका ४१ वर्षीय इन्द्र विक होम क्वारेन्टाइनमा । सेती प्रादेशिक अस्पताल धनगढीमा १८ दिनको  उपचारपछि निको भएर बुधबार घर फर्केका हुन् । 
बन्दाबन्दीका कारण सुनसान देखिएको काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण प्रत्येक वर्ष आमाको मुख हेर्ने मातातीर्थ औँशीका दिन लाग्ने मेला  यो वर्ष स्थगित गरिएको छ ।
रामपुर नगरपालिकाको प्याक्लुक र स्याङ्गजा चापाकोट नगरपालिकाको दामाचौर जोड्ने कालीगण्डकीको बन्द गरिएको प्याक्लुक सोमरा झोलुङ्गेपुल । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पुल बन्द गरिएको हो । 
पाल्पाको रामपुर नगरपालिका–४ का दिलबहादुर थापाले व्यावसायिक रुपमा लगाएको फूल  । दुई रोपनी क्षेत्रफलमा लगाइएको करिब रु तीन लाखको सयपत्री फूल लकडाउनका कारण बजार नपाउँदा बारीमै  ओइलेर नष्ट भएपछि थापा चिन्तित भएका छन् । 
कञ्चनपुरको स्याली नदीको बगरमा आफूले लगाइएको काँक्रो बिक्री नभएपछि देखाउँदै कृषक । लकडाउनका कारण नदीको बगरमा काँक्रो खेती गर्ने दुई दर्जनभन्दा बढी किसान अहिले समस्यामा परेका छन् । 
जनता समाजवादी पार्टी नेपालले बिहीबार काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता उपेन्द्र यादव ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का दैनिक ज्यालादारी गरी जीविका चलाउँदै आएका परिवारका लागि राहत सामग्री वितरणको व्यवस्था मिलाउँदै सुरक्षाकर्मी । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित ५२ परिवारलाई राहत सामग्री वितरण गरिएको छ । 
जनता समाजवादी पार्टी नेपालले बिहीबार काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगमा निवेदन दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता राजेन्द्र महतो । 
तुलसीपुर उद्योग वाणिज्य   सङ्घले स्थापना गरेको हातेमालो अभियानका लागि नायक तथा मोडेल आकाश श्रेष्ठले रु ५१ हजारको चेक  तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर रावतलाई बिहीबार हस्तान्तरण गर्दै  । लकडाउनका कारण अलपत्र परेका  विपन्न तथा मजदुरलाई खाना खुवाउन सो रकम हस्तान्तरण गरेको हो । 
सुनसरी–मोरङको सिमाना जोड्ने दुहबीस्थित बुढी नदीमाथि निर्माणाधीन पुलमा काम गर्दै मजदुर । 
पोखराको लेकसाइडस्थित हल्लनचोकमा कुकुरलाई खानेकुरा दिँदै विदेशी पर्यटक ।  लकडाउनका  कारण सडकमा हिँड्ने कुकुरले अहिले पर्याप्त खाना खान पाइरहेका छैनन्  । उरुग्वेको यो जोडीले बाटोमा भेटिएका सबै कुकुरलाई खानेकुरा दिइएको जनाएको छ ।
डिभिजन वन कार्यालय स्याङ्जामा राखिएको लोपोन्मुख चरी बाघको डमरु । वालिङ नगरपालिका–१ राम्बाचछा नजिकैको जङ्गलमा बालबालिका खेल्ने क्रममा केही दिनअघि डमरुलाई बिरालो भनेर घरमा ल्याएका थिए । बिरालो  नभई लोपोन्मुख चरी बाघ भएको पत्ता लागेपछि  वन कार्यालयले अहिले संरक्षणमा राखेको छ । 
दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का विपन्न तथा दैनिक ज्यालादारी गरी गुजरा चलाउन समस्या भएका अन्ठाउन्न घरपरिवारलाई वितरण गर्न बिहीबार तयारी अवस्थामा राखिएको खाद्यान्न । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: