×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : १८ तस्विरमा हेर्नुहोस् नयाँ वर्षको पहिलो दिन कुन प्रदेशमा के-के भयो ? (फोटो कथा)

काठमाडौँ – देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो रु यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले लकडाउनका अवधिमा कैलालीमा अवैध चिरान गरेर लुकाइएको काठ प्रहरीले बरामद गरेदेखि नयाँ वर्षको दिन काठमाडौँको पशुपतिनाथ मन्दिरको दृश्यसम्मका फोटो समाचार समेटेका छौं । 
हेरौं सातै प्रदेशका फोटो समाचार :
कोरोना भाइरस ‘कोभिड– १९’ को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लक डाउनको २१औँ दिन सोमबार काठमाडाँैको गौशालामा सडक निर्माण कार्य गर्दै कामदार ।
दाङको गढवा गाउँपालिका–८ कोइलावासस्थित नेपाल–भारत सीमामा सुरक्षा कडाइ गर्न पुगेका सुरक्षाकर्मी । सरकारले कोरोना भाइरस ‘कोभिड–१९’ सङ्क्रमण फैलिन नदिन तथा रोकथामका लागि नाका क्षेत्रमा पनि कडाइ गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा सञ्चालित दिखुवाखोला सिँचाइ आयोजनाका लागि खच्चडमार्फत बालुवा ढुवानी गर्दै ठेकेदार ।  रु तीन करोड ५० लाखको लागतमा पूरा गरिने उक्त आयोजनाको काम लक डाउनको समयमा पनि तिव्रगतिमा अगाडि बढाइएको छ ।
लकडाउनको सदुपयोग गर्दै धादिङको थोप्पल खोलामा एक सयभन्दा गाउँवासी जम्मा भएर दुवाली थुनेर माछा मार्दै ।
नयाँ वर्षको दिन ठूलो भीड लाग्ने पाल्पाको रामपुरको पर्यटकीय तालपोखरी सुनसानमय । यसपाली कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले लगाएको लड डाउनले सुनसानमय भएको हो ।
कोरोना भाइरस ‘कोभिड– १९’ को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लक डाउनको २१औँ दिन सोमबार काठमाडाँैको गौशालामा सडक निर्माण कार्य गर्दै कामदार ।
कैलालीको गोदावरी नगरपालिका–४ स्थित  एक स्थानीयको घरमा लुकाएर राखेको अवैध चिरान काठ बरामद गर्दै प्रहरी ।
तनहुँको म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना एम्बुलेन्सचालकलाई व्यक्तिगत सुरक्षा कवज ‘पिपिई’ हस्तान्तरण गर्दै ।
कोरोना भाइरस ‘कोभिड– १९’ को सङ्क्रमणका कारण सरकारले गरेको लकडाउनमा काठमाडौँको न्युरोड गेटमा जाँच गर्दै गरेका सुरक्षाकर्मीलाई आफ्नो सवारी पास देखाउँदै सर्वसाधारण ।
कोरोना भाइरस ‘कोभिड– १९’ को सङ्क्रमण फैलिनबाट रोक्न नेपाल सरकारले लगाएको लक डाउनको २१औँ दिन सोमबार सुनसान देखिएको वीरगन्जको घण्टाघर क्षेत्र । वीरगन्जको छपकैयाबाट तीनजना नोबेल कोरोना भाइरसबाट सङ्क्रमित फेला परेपछि जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा लक डाउन कडा पारेको छ ।
म्याग्दीको बेनी अस्पतालमा कोरोना भाइरस (कोभिड १९)को रर्यापिड टेष्टपछि रिपोर्ट हेर्दै स्वास्थ्यकर्मी । म्याग्दीका ६ वटै स्थानीय तहमा अहिले र्यापिड टेष्ट शुरु गरिएको छ ।
मानवसेवा आश्रमद्वारा भोका मजदुरलाई खाना खुवाउने क्रममा भक्तपुरको शङ्खधर चोकस्थित सडकपेटिमा बस्न बाध्य मजदुरलाई खाना दिँदै मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, आश्रमका अध्यक्ष रामजी अधिकारीलगायत । आश्रमले केही दिनदेखि भोका मजदुर खोजेर खाना खुवाउन थालेको छ ।
मानवसेवा आश्रमद्वारा भोका मजदुरलाई खाना खुवाउने क्रममा भक्तपुरको शङ्खधर चोकस्थित सडकपेटिमा बस्न बाध्य मजदुरलाई खाना र पानी वितरण गर्दै स्थानीय सुजाता भट्टराई ।
नयाँ वर्षको २०७७ को सूर्योदय । भक्तपुरको सूर्यविनायक नगरपालिकाको पर्यटकीयस्थल रानीकोटको भिलेज हाइल्याण्ड रिसोर्टबाट देखिएको सूर्योदयको दृश्य । हरेक नयाँ वर्षमा पर्यटकले भरिने रानीकोट यसवर्ष कोरोना भाइरस ‘कोभिड–१९’ का कारण सुनसान बनेको छ ।

नयाँ वर्षका दिन २० हजारसम्म आन्तरिक पर्यटक पिकनिक खान र घुमघाम गर्न आउने कैलालीको टीकापुर पार्क यस वर्ष सुनसान ।  विश्वभर फैलिएको कोभिड –१९ को सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनका कारण पार्क सुनसान भएको हो ।

तनहुँको देवघाट गाउँपालिका–५ का विभिन्न सामुदायिक वनले उपलब्ध गराएको रु चार लाखको चेक गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषका लागि हस्तान्तरण गर्दै वडाध्यक्ष यालबहादुर गुरुङ र ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी । सो वडाका सात सामुदायिक वनले प्रकोप व्यवस्थापन कोषमा रु चार लाख सहयोग गरेका छन् ।
कोरोना भाइरस ‘कोभिड– १९’ को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लक डाउनको २१औँ दिन नयाँ वर्षको सोमबार सुनसान काठमाडाँैको बुढानीलकण्ठ मन्दिर परिसर । अघिल्लो नयाँ वर्षको पहिलो दिन सो मन्दिरमा भीडभाड हुने गर्दथ्यो ।
कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लक डाउनको २१औँ दिन सोमबार सुनसान काठमाडाँैको पशुपतिनाथ मन्दिर परिसर । अघिल्लो वर्षको पहिलो दिन सो मन्दिर भीडभाड हुने गर्दथ्यो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: