×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सातै प्रदेशका फोटो समाचार : नयाँ वर्ष मनाउनका लागि बैंकबाट पैसा झिक्दै ग्राहक, कोरोना कोषमा निर्धनको सहयोग !

PRIME CA

सातै प्रदेशका फोटो समाचार : नयाँ वर्ष मनाउनका लागि बैंकबाट पैसा झिक्दै ग्राहक, कोरोना कोषमा निर्धनको सहयोग !

अर्थ सरोकार

प्रकाशित मिति : ३० चैत्र २०७६, आईतवार

सारांश
काठमाडौँ -देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले नयाँ वर्ष मनाउनका लागि मानिसहरु पैसा झिक्न बैंकको लाइनमा बसेकोदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि वित्तीय संस्थाले आर्थिक सहयोग गरेको, पानीको अभाव भएपछि लकडाउनको अवधिमा पनि टाढाबाट पनि बोक्दै काठमाडौँका स्थानीय वासीसम्मका फोटो समाचार समेटेका छौं । 
हेरौं सातै प्रदेशका फोटो समाचार :
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १० स्थित कञ्चन डेभलपमेन्ट बैंकमा बिशु पर्वका लागि रकम झिक्ने बढेपछि सामाजिक दूरी कायम गराउँदै प्रहरी ।
सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको ‘कोरोना भाइरस ‘कोभिड– १९’ को नियन्त्रण तथा उपचार कोषमा निर्धन उत्थान लघुवित्त संस्था लिमिटेडका प्रतिनिधि आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई रु चार लाख सहयोगको चेक हस्तान्तरण गर्दै ।
धादिङको ग्यास डिपोबाट ल्याइएको ग्यास आइतबार काठमाडौँको कलङ्कीमा सानो गाडीमा अनलोड गर्दै  ।
कोरोना भाइरस ‘कोभिड– १९’को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाइएको लक डाउनको २०औँ दिन आइतबार नयाँ बानेश्वरस्थित  सङ्घीय संसद् भवनमा मर्मतसम्भारको काम गरिँदै । 
कोरोना भाइरसको ‘कोभिड– १९’को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लक डाउनको २०औँ दिन आइतबार बबरमहलमा इन्टनेट सेवा प्रदायक कम्पनीका कामदार सुरक्षण विधि अपनाएर काममा जादै । 
लक डाउनको अवधिमा सर्वोच्च अदालतअगाडि सडकमा आइतबार डिउटीमा खटिएका सुरक्षाकर्मी । सर्वोच्च परिसरमा ढकमक्क फुलेको फूल ।
खोटाङ र भोजपुको सिमानामा पर्ने पर्यटकीयस्थल मैयुङबाट चरणका लागि जङ्गलतर्फ हिँडेको भेँडाको बथान । पछिल्लो समय चरण अभावमा भेँडापालन व्यवसाय सङ्कटमा पर्दै गएको छ ।
लकडाउनको अवधिमा खानेपानी बोकेर आइतबार काठमाडौँको जडिबुटी सडकखण्ड पार गर्दै स्थानीयवासी ।
ललितपुर महालक्ष्मी ३ नगरपालिका इमाडोलस्थित बोझेपोखरीमा आइतबार राहत लिनका लागि लामबद्ध सार्वसाधारण । नगरपालिकाले  विपन्न तथा भाडामा बस्नेलाई राहत वितरण गरेको हो । 
कोरोना भाइरस ‘कोभिड– १९’ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाइएको लक डाउनको २०औँ दिन आइतबार नयाँ सडकमा राखिएको डिजिटिल बोर्डमा जनतेचनामूलक सन्देश ।
कोरोना भाइरस ‘कोभिड–१९’ क्राइसिस म्यानेन्जमेन्ट सेन्टर (सिसिएमसी) को आयोजनामा आइतबार छाउनीमा  आइतबार भएको पत्रकार सम्मेलनमा सहभागी हुँदै उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललगायत ।
दाङको तुलसीपुर उपमहानगरपालिका– १ मा बर्सेनि पहिरो जाने स्थानमा पहिरो रोकथामका लागि आइतबार अनुगमन गर्दै वडाध्यक्ष लक्ष्मण भण्डारीसहित जनप्रतिनिधि ।
काठमाडौँको कलङ्कीमा धादिङबाट ल्याइएको तरकारी बेच्दै किसान । 
चन्द्रागिरि नगरपालिकाद्वारा स्थापित कोरोना भाइरस विपद् व्यवस्थापन कोष’का लागि चन्द्रागिरि ब्याडमिन्टन क्लबका सदस्यद्वारा सङ्कलित रु एक लाख ३ हजार ६ नगरप्रमुख घनश्याम गिरीलाई प्रदान गर्दै क्लबका पदाधिकारी । 
कैलालीको भुँईयाफाँटामा आइतबार यान्त्रिक प्रयोग गरेर गहुँ काट्दै किसान ।
पुष्प व्यवसायी वीरेन्द्र श्रेष्ठले धुलिखेल नगरपालिका– ५ श्रीखण्डपुरस्थित होरिजन नर्सरीमा उत्पादन गरेको फूल बिक्री गर्न नपाएपछि  चिस्यान कोठामा  । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा न्यूनीकरण गर्न सरकारले लागू  गरेको लकडाउनका  कारण  फूल बिक्री वितरण  सम्भव नभएकाले लकडाउन खुलेपछि बिक्री गर्न  चिस्यान कोठामा राखिएको हो ।
कोरोना भाइरस नफैलियोस् भनी सरकारले लागू गरेको लकडाउन अवधिमा यातायातका साधन नचलेपछि जाजरकोटको भेरी नगरपालिका–१ र २ मा उत्पादित तरकारी आफूले र  घोडालाई बोकाएर बिक्री गर्न सदरमुकाम खलङ्गा बजारतर्फ ल्याउँदै कृषक ।
गहुँ थ्रेसिङ गर्दै धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान । अहिले गहुँ भित्र्याउन किसानलाई चटोरो भएको छ ।
उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पठाएको स्वास्थ्य सामग्री बुझ्दै कैलालीको चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगर । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि मन्त्री भट्टको पहलमा सो सामग्री पठाइएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: