×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई प्रधानमन्त्रीले दिए बधाई

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कोरोना सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई प्रधानमन्त्रीले दिए बधाई

६ बैशाख २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका छन् । उनले ट्वीटमार्फत कोरोना भाइरसबाट पूर्णरुपमा स्वस्थ भई घर फर्किएकी ती युवतीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैलाई बधाई तथा धन्यवाद दिएका हुन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २७ दिनको उपचारपश्चात् पूर्ण स्वस्थ भई काठमाडौँकी १९ वर्षीया युवती आज घर फर्किएकी हुन् । उनीभन्दा अगाडि एकजना पूर्ण स्वस्थ भई उपचारपश्चात् घर फर्किएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: