- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत काठमाडौं कोरोना मुक्त भएको भन्दै खुशी ब्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले हाललाई काठमाडौँ उपत्यका कोरोना बिरामीमुक्त भएको भन्दै आफूलाई सन्तोष लागेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा कोरोना भाइरसबाट संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सञ्चो भएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएको भन्दै सन्तोष व्यक्त गरेका हुन् ।
‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मुक्त भएकोमा सन्तोष लागेको छ । डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु’ ओलीले ट्वीट गर्दै भनेका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्