×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कोरोना भाइरस रोकथाम र सबै स्वास्थ्य समस्यामा सरकार गम्भीर छ’ : मन्त्री ढकाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘कोरोना भाइरस रोकथाम र सबै स्वास्थ्य समस्यामा सरकार गम्भीर छ’ : मन्त्री ढकाल

Artha Sarokar

१० बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका साथै नागरिकका सबै खाले स्वास्थ्य सम्मस्याप्रति सरकार गम्भीर रहेको बताएका छन् । 
पञ्चकन्या ग्रुप र रोटरी क्लब काठमाडौँले प्रदान गरेको व्यक्तिगत सुरक्षा कवच (पिपिई) बुथ बुधबार मन्त्रालयमा ग्रहण गर्दै मन्त्री ढकालले विपद्को समयमा सबै क्षेत्रका व्यक्ति तथा संस्थाले चिकित्साकर्मीको मनोबल उच्च बनाउन काम गर्नुपर्नेमा जोड दिए । उनले यस्ता सहयोगले अग्रभागमा रहेर काम गर्ने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाइराख्न सहयोग पुग्ने बताए । 
पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदीप श्रेष्ठले सरकारसँग धेरै सहकार्य गर्न चाहेको अवगत गराउँदै पिपिई बुथहरु अझ धेरै उत्पादन गरेर स्वास्थ्य संस्थालाई निःशुल्क वितरण गर्ने जनाए ।  
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी